अखिल क्रान्तिकारी पालुङटारमा सुवर्ण

अखिल क्रान्तिकारी पालुङटार नगर कमिटी अध्यक्षमा सुवर्ण देवकोटा निर्वाचित भएका छन् ।

आइतबार भएको दोस्रो सम्मेलनबाट देवकोटा सर्वसम्मत भएको अखिल क्रान्तिकारी गोरखा जिल्ला समितिका सहसंयोजक नवीन घिमिरेले जानकारी दिए । उपाध्यक्षमा सरद देवकोटा, सरोज रोका, अप्सरा खनाल, ईमेस देवकोटा र रमेस अधिकारी छन् ।

सचिवमा प्रतीक्षा मरहट्टा, सह सचिवमा आवेस श्रेष्ठ, राजेस सिंखडा, कोषाध्यक्षमा मिना मरहट्टा निर्वाचित भए ।

जिल्ला संयोजक विष्णु पाण्डेले प्रस्तुत गरेको प्यानल प्रस्तावबाट थप ७ जना मनोनित गर्ने गरी ४३ जनाको कमिटी बनाइएको हो ।

शंकर रोकाको अध्यक्षतामा भएको नगर सम्मेलनमा माओवादी केन्द्र पालुङटार ईन्चार्ज खोपबहादुर कंडेल, पार्टीका पालुङटार नगर कमिटी अध्यक्ष विवश चिन्तन (अजय), अखिल क्रान्तिकारी गण्डकी प्रदेशका सहसंयोजक राजन आले मगर, जिल्ला ईन्चार्ज रामकृष्ण भट्ट, लमजुङ जिल्ला ईन्चार्ज विकास भट्टराई, अखिल क्रान्तिकारी गोरखा जिल्ला क्षेत्र नं २ क का ईन्चार्ज नवीन घिमिरे लगायत सहभागी थिए ।