खुट्टा नतान है खुट्टा नतान
तिम्रै हातमा धुलो लाग्छ खुट्टा नतान
छुरा नहान है छुरा नहान
तिम्रै हातमा रगत लाग्छ छुरा नहान
अरुको पाप चिताएर आफ्नो भलो हुन्न
अरुलाई सिध्याएर कोही ठूलो हुन्न
मेरो बाटो छोडिदेउ लाग आफ्नो बाटो
पसिनामा बाँच्न सिक आरिस गर्नु साटो
म मरेर तिमीलाई फराकिलो हुन्न
म बाँचेर तिमीलाई साँघुरो नि हुन्न
क्षितिजको सिमा छैन उड्ने चरीलाई
सिमानाले कहाँ छेक्छ हिँड्ने छोरालाई ।





