Author Archive

पोखरा वृद्धाश्रममा ज्येष्ठ नागरिक वार्ड

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्य सम्वन्धि नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् । प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा पोखरा वृद्धाश्रममा स्थापित प्रदेशको पहिलो सामुदायिक जोरियाट्रिक(ज्येष्ठ नागरिक वार्ड) स्वास्थ्य सेवा बिहीबार सुरु गर्दै उनले भौतिक पूर्वाधार तथा दक्ष जनशक्ति व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहेको बताइन् । कोभिड १९ को तेश्रो लहर ओमीक्रोनको संक्रमणबाट जोगिन उच्च मनोवलका साथ पूर्णरुपमा स्वास्थ्य मापदण्डको… पुरा पढौ

नगरपालिकाहरुको आधामात्र फोहोर संकलन

नेपालका नगरपालिकाहरुमा फोहोर व्यवस्थापन चुनौतिपूर्ण देखिएको छ । देशका २ सय ९३ नगरपालिकामा भएको सर्भेक्षणमा आधा फोहोरमात्र स्थानीय सरकारले संकलन गर्न सकेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको फोहोरमैला व्यवस्थापना सर्वेक्षण २०७६ को प्रतिवेदनले यस्तो औंल्याएको छ । बुधबार पोखरामा आयोगले सर्भेक्षणको प्रतिवेदनमाथि अन्तक्र्रिया आयोजना गरेको छ । फोहोरमैलालाई जैविक, अजैविक र अन्य गरी ३ वर्गमा विभाजन गरी तथ्यांक संकलन गरिएको छ । नेपालका ४१ प्रतिशत नगरपालिकाले मात्र ल्यान्डफिल… पुरा पढौ

गायक यम बरालको दोस्रो बिहे

करिब १० वर्ष एकल जीवन बिताएका गायक यम बरालले दोस्रो बिहे गरेका छन् । बरालको पूर्वपत्नी आकृति राणासँग सन् २०११ मा सम्बन्ध विच्छेद भएको थियो । उनले कांग्रेस राजनीतिमा क्रियाशील गीता शिवाकोटी (गीताञ्जली शर्मा)सँग उनले हालै बिहे गरेका हुन् । गायक बरालले विहे सार्वजनिक नगरे पनि विहेको भिडियो नै सार्वजनिक भइसकेको छ । पुरा पढौ

फेवासिटी हस्पिटलको अध्यक्षमा डा चण्डिका

फेवासिटी हस्पिटल प्रालिको अध्यक्षमा सहप्रा डा चण्डिका पण्डित निर्वाचित भएकी छन् । प्रालिको २२ औं साधारणसभा तथा आठौं अधिवेशनले सर्बसम्मत नयाँ समिति चुनेको हो । अस्पताल सञ्चालक समिति सदस्यहमा डा रविन्द्रप्रसाद श्रेष्ठ, डा टुमाया घले, दिनेशबाबु खड्का, हरिबहादुर केसी, सर्बजित अधिकारी र डा सुरेश थापा छन् । पुरा पढौ

पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु

पोखरा उपत्यकामा आजदेखि जलपंक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो । । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना भोलीसम्म जारी रहनेछ । प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्ता देखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय,… पुरा पढौ

आहा रारामा १० टिम

आहा रारा गोल्ड कपको २० औं संस्करणमा १० टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लब पोखराले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, मनाङ्ग मर्‍याङ्गदी क्लब र सहारा क्लब पोखरा सहभागी हुँदै छन् । प्रतियोगितामा बिवाइएसी मिनेसोटा अमेरिका पनि सहभागी हुने भएको छ… पुरा पढौ

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन कास्कीमा लोकेन्द्र

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको शनिबार भएको जिल्ला सम्मेलनबाट लोकेन्द्र राईको अध्यक्षतामा नयाँ कमिटी चुनिएको छ । महासंघ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको भातृ संगठन हो । २५ सदस्यीय समितिको सचिवमा बलाराम लोप्चन र कोषाध्यक्षमा जुना राई छन् । जिल्ला संयोजक लेखनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कास्की इन्चार्ज उमा भुजेल शिलु, ट्रेड युनियन महासंघका केन्द्र्रीय महासचिव श्याम सेन्चुरी, प्रकाश मल्ल, जिल्ला सचिव गोकुल पराजुली, काजी गुरूङ लगायतले… पुरा पढौ

कठोर सार्वजनिक

लामो समयदेखि संगीत र अभिनय कर्ममा क्रियाशिल रमेश कडरियाको म्युजिक भिडियो ''कठोर '' सार्वजनिक भएको छ। भिडियोमा छोरी मान्छेले घर तथा समाजको पर्दाभित्र भोगेका पीडालाई देखाउन खोजिएको छ ।साथै एउटा सामाजिक बिषय बस्तु र गलत मानसिकता भएको पात्र र प्रवृत्ति माथि खबरदारी गर्दै दिदी बैनी तथा आमाहरु अन्यायको बिरोधमा लड्न सिक्नुहोस् भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । https://www.youtube.com/watch?v=mTKWUzAL8-U यस गीतमा स्वर रचना रिमालको , शब्द सबिना श्रेष्ठको र संगीत… पुरा पढौ

चिसोबाट बालबालिकालाई जोगाऔं

मौसम निकै चिसो छ | प्रदुषण निकै बढेको छ | यो अवस्थामा बालबालिकालाई बिभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् | रुघाखोकी लाग्ने, सास फेर्न गाह्रो हुने, टन्सिल बढ्ने, ज्वरो आउने, वान्ता हुने, पखाला लाग्ने आदि | पहिले निमोनिया तथा दमको समस्या भएका बालबालिकालाई झनै गाह्रो हुन्छ | कहिलेकाँही एक्कासी सास फेर्न गाह्रो हुने, कोखा हान्ने, घ्यारघ्यार हुने, ओंठ / जिब्रो/ औंला निलो हुने आदि | यस्ता लक्षण देखिएमा तुरुन्त अस्पतालको… पुरा पढौ

कथाः आफ्नो खुसी

साँझ भर्खरै छिप्पिएको थियो । बर्खामास तपतप पानी परिरहेको थियो । घरभित्र प्रष्ट सुनिएको थिएन । कताबाट मुसुरीको कानमा बाहिर जुत्ता बजेको आवाज टक्लक्क प¥यो । ऊ अलि बढी नै सचेत भई । छेऊमै सुतेको माइलो मगरलाई घच्घच्याई ।मगर दुई तीन दिनको अनिँदो जसरीे मस्त निन्द्रामा थियो । दोस्रो पटकको घच्घच्याइबाट भने ऊ बिउँझियो । ‘बाहिर कोही आए जस्तो छ’ मुसुरीले कानमा मुख जोडेर भनी । माइलोमगर तातो कराइमा ओइरिएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं