अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन कास्कीमा लोकेन्द्र

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको शनिबार भएको जिल्ला सम्मेलनबाट लोकेन्द्र राईको अध्यक्षतामा नयाँ कमिटी चुनिएको छ । महासंघ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको भातृ संगठन हो ।

२५ सदस्यीय समितिको सचिवमा बलाराम लोप्चन र कोषाध्यक्षमा जुना राई छन् ।

जिल्ला संयोजक लेखनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कास्की इन्चार्ज उमा भुजेल शिलु, ट्रेड युनियन महासंघका केन्द्र्रीय महासचिव श्याम सेन्चुरी, प्रकाश मल्ल, जिल्ला सचिव गोकुल पराजुली, काजी गुरूङ लगायतले बोलेका थिए ।

समारोहमा विभिन्न पार्टीबाट २५ जना नेकपा प्रवेश गरेका छन् ।