नेकपा माओवादी केन्द्रले माछापुच्छ्रे गाउँ समिति वडा नम्बर १ र २ मा सम्पर्क कार्यालय खोलेको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले कार्यालय उद्घाटन गरे ।
कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धि रक्षाका निम्ति पुनः गठबन्धन आवश्यक भएको बताए । मन्त्री बरालले उपलब्धिहरु अझै पनि सुरक्षित हुने ग्यारेन्टी नभएकाले गठबन्धन आवश्यक भएको बताए । लामो समयको सघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा एउटा समूह खारेज गर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाउँदै नेकपा माओबादी केन्द्रका नेतासमेत रहेका मन्त्री बरालले प्राप्त उपलब्धिको रक्षाको निम्ति पनि गठबन्धन आवश्यक भएको जनाए ।
गठबन्धनमा चुनावी तालमेलमा समेत सम्मानजनक हिसाबले सबैको अस्तित्व स्वीकार्नुपर्ने मन्त्री बरालको भनाइ छ ।
कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्यद्वय नवराज भण्डारी र प्रवीणा अधिकारी, माओवादी माछापुच्छ्रे अध्यक्ष बैकुण्ठ भण्डारी, कोषाध्यक्ष रेमबहादुर पुन, माछापुच्छ«े गाउँ पालिका वडा नम्बर १ का वडा सदस्य सूर्य गुरुङ, नेकपा माओवादी केन्द्र माछापुच्छ्रे गाउँ समिति वडा नम्बर १ का अध्यक्ष जितबहादुर पुन, नेपाली काग्रेस माछापुच्छ्रे गाउँ समिति वडा नम्बर २ का सभापति गणेश आचार्य, माओवादी केन्द्र माछापुच्छ«े गाउँ समिति वडा नम्बर २ का अध्यक्ष पुष्पराज गौतम लगायतले प्रतिगमन विरुद्ध एक हुनुपर्नेमा जोड दिएका थिए ।




