अस्ति माओवादी, हिजो एमाले, आज फेरि माओवादी !!

pittta dallakoti

पार्टी छाडेको १५ वर्षपछि एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी फेरि माओवादीमै फर्किएका छन् ।

नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै उनी माओवादीमै फर्किएका हुन् । डल्लाकोटी सोमबार नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर एमालेमा प्रवेश गरेका थिए ।

माओवादी केन्द्र वाग्मती प्रदेश कमिटी सदस्यसमेत रहेका उनी
माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष चुनिएका थिए । पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धनबाट उनी चुनिएका थिए ।