ताजा समाचार

खेलकुद

दक्षिण एशियाली यु २१ ब्याडमिन्टन मंगलबारदेखि

ब्याडमिन्टन एशियाको बिकास कार्यक्रम अन्तरगत हुने च्याम्पियनसिपमा नेपाल लगायत भारत, बंगलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका महिला ४ र पुरुष ४ गरि ८ खेलाडीहरुको सहभागिता रहने छ । यस्तै अन्य टिमका ३/३ पुरुष तथा महिला खेलाडीहरुको सहभागिता रहने छ । दक्षिण एशियामा ब्याडमिन्टन खेलको बिकास गर्ने उद्धेश्यले आयोजना गरिएको यस च्याम्पियनसिपको पहिलो संस्करण… पुरा पढौ

हेमजामा सेभेन ए साइड फुटबलको चाँजोपाँजो

विष्णुपादुका क्लब हेमजाको आयोजनामा दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थ हुने प्रतियोगिता पुस ७ देखि १४ गतेसम्म हुनेछ । प्रतियोगिता सफल बनाउनका लागि हेमजामा भएको भेलाले विष्णुपादुका क्लबका सल्लाहकार जगतबहादुर थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार… पुरा पढौ

पोखरा ट्रेल रेस समापन

पोखरा ट्रेल रेस सिरिज अन्तर्गतको मस्टर ट्रेल पन्चासे ५५ किलोमिटर पुरूषतर्फको उपाधि प्युठानका दामोदर बुढामगरले जितेका छन् । उनले ५५ किलोमिटर दूरी ६ घण्टा २२ मिनेटमा पूरा गरे । उनले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सोलुखुम्बुका समुन कुलुङ राईले ५ मिनेटले पछि पर्दै दोस्रो स्थानमा चित्त बुझाए । उनले ६ घन्टा २७ मिनेटको समय लगाउँदै मास्टर ट्रेल पूरा गरेका थिए । उनले नगद १५ हजार, मेडल… पुरा पढौ

गुरुङ र निसलाई कायकिङ उपाधि

मस्र्याङदी नदीमा जारी १७ औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज कायाकिङ प्रतियोगितामा आइतबार भएको स्ट्रिम सलालमतर्फको उपाधि बेलायतका प्रीतम गुरुङले हात पारेका छन् । गुरुङ १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै ५ सय मिटरको दुरी १ मिनेट ३३ सेकेन्डमा पार गर्दै उपाधि जित्न सफल भएका हुन् । प्रतियोगितामा सागर गुरुङले १ मिनेट ३७ सेकेन्डमा पार गर्दै दोस्रो स्थान हासिल गरे भने बेलायती खेलाडी माट स्टेफेनले तेस्रो स्थान हासिल गर्न सफल भए ।… पुरा पढौ

टि २० क्रिकेट हुने

महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेसनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ । आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका क्लब गरी ३ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोर्टस सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए ।उनका अनुसार प्रतियोगितामा नेपालबाट महाकाली स्पोर्टस क्लब, श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् ।… पुरा पढौ

टेनिसमा आरब र सलोनीको जित

नेपालकै शीर्ष वरियता प्राप्त खेलाडीहरु पुरुषतर्फ आरब हाडा र महिलातर्फ सलोनी तामाङले पोखरामा सम्पन्न ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ मा प्रथम स्थान हासिल गरेका छन् । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आरबले अकि जुवेन रावतलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरे । त्यस्तै सलोनीले सर्भानी श्रेष्ठमाथि ६–२, ६–१ को सहज नतिजा निकाल्दै प्रथम भइन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको… पुरा पढौ

अन्तर विद्यालय छात्रछात्रा एथलेटिक्स

कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा शनिबार पोखरा रंगशालामा अन्तर विद्यालय छात्र छात्रा एथलेटिक्स प्रतियोगिता भएको छ । प्रतियोगितामा १५ सय मिटर र सय मिटर दौड तथा लङजम्पमा कास्कीका २६ विद्यालयका १ सय ११ विद्यार्थीको सहभागिता थियो । प्रतियोगिता अन्तर्गत छात्र १५ सय मिटर दौडमा गोगन माविका स्माइल भण्डारी प्रथम, सैनिक आवासीय माविका मदन पौडेल द्वितीय तथा अमरसिंह माविका विनोद गुरुङ तृतीय भए । छात्रा १५ सय मिटरमा कुमुदिनी होम्सका ललिता… पुरा पढौ

टेनिस उपाधि नेपाली खेलाडीको पोल्टामा

एशियन टेनिस फेडेरेशनको यु–१४ को सर्किट १ अन्तर्गत ब्वाईज डबल्स र गल्र्स डबल्सको उपाधि नेपाली खेलाडीको पोल्टामा परेको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा बिहीबार भएको फाईनलमा गल्र्स तर्फको प्रतिस्पर्धामा शीर्ष बरियताकी सलोनी तामाङ र सौभाङ्गीलक्ष्मी शाहको जोडीले नेपालकै ईशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीलाई ६–४, ७–६ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । त्यसैगरी ब्वाईव डबल्स तर्फको प्रतिस्पर्धामा उमेर समूह तर्फका शीर्ष… पुरा पढौ

महिला फुटबल टोली राजधानीतिर

गण्डकी प्रदेशको महिला फुटबल टोली छैटौं प्रधान सेनापति अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन मंगलबार काठमाडौं प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङले बिदाइ गरेका हुन । मंसिर ५ देखि १२ गतेसम्म हुने प्रतियोगितामा सहभागिता जनाउने १८ सदस्यीय टिममा साबित्री किसान, जिनमाया थापामगर, पुष्पा गुरुङ, रेणुका हमाल, पविता थापामगर, मनिसा पगेनी, धनमाया गुरुङ, मनमाया परियार, पार्वती रानामगर, रिया… पुरा पढौ

म्याराथन टोली जापान प्रस्थान

मित्र राष्ट्र जापानको ओसाकामा नोभेम्बर २५ तारिखमा आयोजना हुने बिश्वस्तरिय ओसाका म्याराथन २०१८ मा सहभागी हुन ४ सदस्यिय नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान ग¥यो । नेपाली टोलीलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रमविच बिदाई गरे । नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको ब्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा रजत श्रेष्ठ, प्रशिक्षकमा बैकुण्ठ मानन्धर र… पुरा पढौ