छैटौं अन्तर लायन्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि लायन्स क्लब अफ पोखरा डाउन टाउनले जितेको छ । फाइनल खेलमा प्रतिस्पर्धी रहेको लायन्स क्लब अफ हेमजालाई ५–२ को फराकिलो गोल अन्तरले पाखा लगाउँदै उपाधि जितेको हो ।
विजेता डाउन टाउनले नगद ४० हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता हेमजाले २५ हजार ५ सय ५५ रुपैयाँ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥योे । खेलमा म्यान अफ दि म्याच डाउन टाउनका विनोद गुरुङभए ।
लायन्स क्लब अन्तर्राष्ट्रियडिस्ट्रिक्ट ३२५ बी १ नेपालअन्तर्गतकाक्लब, लायन्स क्लबअफपोखरा पिस सिटीको आयोजनामा भएको उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी डाउन टाउनका दिलीप गुरुङ घोषितभए ।उनले फुटबल सुज, ट्रफी र प्रमाणपत्रहातपारे ।
उत्कृष्ट डिफेन्स डाउन टाउनकै हिटलर घले भएभने उत्कृष्ट गोलरक्षकमाछापुच्छ«ेका सूर्य शर्मा घोषितभए । त्यस्तै अनुशासित टिम लायन्स क्लब अफ मुनाल घोषित हुँदै ट्रफीहातपा¥यो । सर्वाधिकगोलकर्ता हेमजाका सुशीलश्रेष्ठ बने । उनले प्रतियोगितामा ९ गोल गरेका थिए ।
सेमिफाइनल खेलमा हेमजाले माछापुच्छ«ेलाई २–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो भने डाउन टाउनले ग्लोबल लेकसिटीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठ, प्रतियोगिताका संयोजक टंकराज अधिकारी, लायन्स क्लब अफ पोखरा पिस सिटीका संस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, क्लबका अध्यक्ष अर्जुन सिग्देल लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा गोर्खा ब्रुअरीको टुबोर्ग वियर र महालक्ष्मी वायर एन्ड केबल इन्डस्ट्रिज प्रालिले प्रायोजन गरेको थियो । प्रतियोगितामा थर्ड आई रेस्टुरेन्ट लेकसाइड पोखराले दोस्रो पुरस्कार प्रायोजन गरेको थियो भने खेलाडी इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स कम्पनीले सहकार्य गरेको थियो ।
लायन्स क्लब अफ पोखरा पिस सिटीले पोखराको फुटबल विकासमा पु¥याएको योगदानको कदर गर्दै यस वर्षदेखि सम्मानसमेत सुरु गरेको छ । ३७ वर्षसम्म नेपालका विभिन्न क्लबमा आबद्ध भई पोखराको फुटबल विकास र नवयुवाको लागि प्रेरणाका स्रोत रहेको भन्दै ८७ वर्षीय पोखराका पुराना फुटबल खेलाडी यज्ञबहादुर साईलाई सम्मान गरिएको हो ।




