कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर विश्व वरीयता ग्रेड–४ टेनिस प्रतियोगिता सुरु भएको छ
प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान कमल थापाले विजयी सुरुआत गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले ५५ वर्ष माथिको एकलतफर्प भारतीय खेलाडी एसएन वशिष्ठलाई ६–०, ६–२ सहज सेटमा पराजित गर्दै विजयी यात्रा सुरु गरेका हुन् ।
च्याम्पियनसिपको पहिलो दिन पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुस्लिमलाई ६–०, ४–६ र ६–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२, ६–२ को नतिजा निकाले ।
अर्को खेलमा उत्तम बोगटीलाई पोखरेली खेलाडी विकास गुरुङले ६–३, ६–१ को सेटमा पराजित गरे ।
३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा सञ्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेका थिए । अर्को खेलमा पोखराका युवा खेलाडी विकास गुरुङले अशोक गुरुङलाई रिटायर्ड हर्डमा पराजित गरे ।
यसअघि गण्डकी प्रदेश आर्थिक विकास समितिका सभापति एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष दीपक कोइरालाले टुर्नामेन्ट डाइरेक्टर अजय विष्टलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै कोइरालाले टेनिसले पोखरामा खेल पर्यटनमा महत्पूर्ण योगदान पु¥याएको बताए ।
आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोह सचिव नवीन चालिसेले सञ्चालन गरेका थिए ।






