ताजा समाचार

असाेज ५ गते २०७६

खेलकुद मौलिक हक अन्तर्गत पर्दैन : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले खेलकुदमा पैसा हाल्नु भनेको जोखिमपूर्ण रहेको प्रष्टयाएका छन् । उनले खेलकुद मौलिक अधिकारभित्र नरहेकोले लगानी जोखिमपूर्ण रहेको दावी गरे ।

‘खेलकुद नेपाली मौलिक हक अन्तर्गत पर्दैन् । त्यसैले खेलकुदमा पैसा हाल्नु जोखिपूर्ण हो ।’ अर्थमन्त्री खतिवडाले शनिबार पोखरा रंगशालामा निर्माणाधिन फुटबल मैदान लगायतका पुर्वाधार निरिक्षण गर्ने क्रममा सञ्चारकर्मीसँग भने–‘शिक्षा, स्वास्थ्य जस्ता मौलिक हकलाई लगानी गर्नुपर्ने छ ।

खेलकुद मौलिक अन्तर्गत पर्दैन्, त्यसैले लगानी पनि कम भएको हो ।’ उनले पुर्वाधार निर्माणको निरिक्षणसँगै १३ औं दक्षिण एशियाली खेलकुदको लागि पुर्वाधार तयार पार्न बजेटले अवरोध नहुने स्पष्ट पारे ।

उनले साग गेम्ससँगै पोखरालाई स्पोर्टस टुरिज्म हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘पोखरालाई स्पोर्टस टुरिजम हब बनाउनुपर्छ ।’ उनले भने–‘पुर्वाधार निर्माणपछि हामीले हामीसँगै यो यो सुविधा छ भनेर मार्केटिङ पनि गर्नुपर्छ ।’मन्त्री खतिवडाले निरिक्षणकै क्रममा सागको तयारीमा जुटेको ह्याण्डबल खेलाडीहरुसँग परिचय गरेका थिए ।


Loading...