खेलकुद

भारतको शानदार जित, कोहलीको कप्तानी इनिङ

कप्तान विराट कोहलीको कप्तानी इनिङको मद्धतले भारतले दक्षिण अफ्रिका विरुद्धको दोस्रो टी–२० क्रिकेटमा शानदार जित हात पार्न सफल भएको छ ।  बुधबार राति मोहालीमा भएको खेलमा १५० रनको विजयी लक्ष्य भारतले ३ विकेटको नोक्सानीमै पूरा गरेको हो ।  १९ ओभर खेल्दै ७ विकेटको शानदार जित निकाल्ने क्रममा कोहलीले ५२ बलमा नटआउट रहँदै ३ छक्का र ४ चौकाको मद्धतले ७२ रन बनाए ।  शिखर धवनले ३१ बलमा ४० तथा श्रेयस ऐयरले… पुरा पढौ

कर्मचारीसंग हार्यो गण्डकी प्रदेश सरकार

संविधान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले मैत्रीपूर्ण भलिवल आयोजना गरेको छ । सशस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपूर्ण भलिवलमा बुधबार ३ खेल भएका छन । पहिलो खेलमा मुख्यमन्त्री टिम निजामती कर्मचारीको टिमसंग २–१ सेटमा पराजित भएको छ । मुख्यमन्त्रीको टिमबाट आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द बहादुर नेपाली, सांसद मोहन बस्नेत… पुरा पढौ

मुख्यमन्त्रीको टोलीमाथि कर्मचारीको जित

संविधान दिवसको पुर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले मैत्रीपूर्ण भलिवल आयोजना गरेको छ । सशस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपूर्ण भलिवलमा बुधबार तीन खेल भएका छन । पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको टिमसंग २–१ सेटमा पराजित भएको छ । मुख्यमन्त्रीको टिमबाट आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्दबहादुर नेपाली, सांसदहरु मोहन बस्नेत र… पुरा पढौ

साफ च्याम्पियनसिप फेरि बंगलादेशमै

साफ च्याम्पियनसिपको अर्को संस्करण पनि बंगलादेशमा हुने भएको छ । सोमबार मलेसियामा बसेको साफको कार्यसमिति बैठकले यो लगायत विभिन्न निर्णय गरेको हो । गतवर्ष सेप्टेम्बरमा बंगलादेशमा आयोजित च्याम्पियनसिप यसपटक पाकिस्तानमा हुने पूर्वतयारी रहेको थियो । तर साफ बैठकले आयोजनाको जिम्मेवारी बंगलादेशलाई सुम्पिएको हो । प्रतियोगिता सेप्टेम्बर २०२० मा आयोजना हुनेछ । गतवर्ष भारतलाई पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको थियो । साफ बैठकमा साफ च्याम्पियनसिपसँगै सन् २०२० मा हुने अन्य प्रतियोगिताको… पुरा पढौ

पाकिस्तानी खेलाडीमाथि यस्तो निषेध

पाकिस्तान क्रिकेट टीमका प्रमुख प्रशिक्षक तथा मुख्य चयनकर्ता मिस्बाह उल हकले श्रीलंका बिरुद्धको शृंखला अघि २० सम्भावित खेलाडी छनौट गरिसकेका छन्। सबै खेलाडीहरू बुधवारदेखि राष्ट्रिय क्याम्पमा सामेल हुनेछन्। टिमका सबै खेलाडीहरूलाई मिस्बहले भने जस्तो खाना खान विशेष निर्देशनहरू दिइएको छ। टोलीका प्रशिक्षक मिस्बाहले राष्ट्रिय क्याम्पमा भाग लिने सबै खेलाडीहरूको आहार र पोषण योजना परिवर्तन गरेका छन्। प्रशिक्षकले राष्ट्रिय कप र घरेलु सीजनमा सहभागी खेलाडीहरुले खाने पिउने कुरामा विशेष ध्यान दिनुपर्ने… पुरा पढौ

नेपालले कुवेतलाई बराबरीमै रोक्यो

जोर्डनमा भइरहेको एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबलमा नेपालले कुवेतसंग बराबरी खेलेको छ ।  सोमबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो खेलमा आयोजक जोर्डनसंग ७–० गोल अन्तरको फराकिलो हार व्यहोरेको नेपालले कुवेतसँग भने अंक बाँड्न सफल भएको हो । नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दिले एक गोल गरे । यो बराबरीसंगै समूह ए मा रहेको नेपालले २ खेलमा १… पुरा पढौ

पूर्व स्टार क्रिकेटर फ्लिनटफ अचानक नेपालमा

इङ्ल्यान्डका पूर्व स्टार क्रिकेटर एन्ड्रु फ्लिनटफ हिमालयको देश नेपाल आएका छन् । आइतबार दिउँसो अचानक नेपाल आईपुगेका फ्लिनटफ आएको कुरा क्रिकेट प्रेमी दर्शक र उनका सर्मथकले सोमबार मात्र थाहा पाएका थिए । सोमबार दिउँसो अचानक काठमाडौंको ऐतिहासिक स्थल हनुमान ढोका परिसरमा फ्लिनटफलाई देखेपछि सर्मथकले उनीसँगै फोटो खिचाएर रमाईलो गरेका छन् । सर्मथकले सामाजिक सञ्जालमा फ्लिनटफसँगको तस्विर समेत पोस्ट गरेका छन् । विश्व क्रिकेटकै उत्कृष्ट अलराउन्डर मध्येका एक फ्लिनटफ अहिले टेलिभिजन… पुरा पढौ

पोखरा रंगशाला फुटबल मैदानको घाँससहितको चपरी कोलकत्ताबाट आउँदै

निर्माणाधिन पोखरा रंगशाला फुटबल मैदानको लागि आवश्यक घाँससहितको चपरी भारतको कोलकत्ताबाट लोड गरिएको छ । दशैं अगाडि नै घाँससहितको चपरी पोखरा आईपुग्ने छ । केही दिन अघिमात्रै जर्मनबाट एथलेटिक्स ट्रयाकको लागि आवश्यक सामान आईपुगेको छ । एथलेटिक्स ट्रयाक अहिले सिन्थेटिक बनाईने छ । सिन्थेटिक ट्रयाकको लागि आवश्यक सामान ग्रानुयल्स रबर दाना पोखरा रंगशालामा झरिसकेको छ ।ट्रयाक कालोपत्रे पीच गरेपछि मात्रै रबर दानालाई केमिकल प्रयोग गर्दै ट्रयाकमा हालिने कम्पनीले जनाएको छ… पुरा पढौ

सागका लागि आर्चरीका १६ खेलाडी छनोट

१३ औं दक्षिण एशियाली खेलुकद अन्तर्गत आर्चरीको दुई इभेण्टमा १६ जना खेलाडी छनोट गरिएको छ । कम्पाउण्डको प्रतिस्पर्धाको लागि कम्पाउण्ड तर्फ पुरुषमा काठमाडौंका रमेश भट्टचन, सनातन मल्ल र मिनप्रसाद गौचन रहेका छन् । गण्डकी प्रदेशका योगेन्द्र शेरचन छनोट भएका छन् । शेरचन कास्की जिल्ला आर्चरी संघका अध्यक्ष समेत हुन् । महिला तर्फ गण्डकी प्रदेशका दुई खेलाडी कम्पाउण्ड प्रतिस्पर्धाको लागि बन्द प्रशिक्षण छन् । गण्डकीका मोनिका रानामगर र रश्मी दर्लामी छन्… पुरा पढौ

सहारा क्लब पोखरामा केशवकै निरन्तरता

सहारा क्लब पोखराको सोमबार भएको २१ औं साधारण सभा तथा ११ औं अधिवेशनले नयाँ समिति चुनेको छ । अधिवेशनले अध्यक्षमा केशबबहादुर थापालाई निरन्तरता दिएको हो । थापाको अध्यक्षमा ३ वर्षे कार्यकालका लागि निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा पुनः हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा पुनः राजु लालचन र सहकोषाध्यक्षमा विनु रानामगर छन् । क्लबका सदस्यमा रोजिना गुरुङ, तिलकबहादुर अधिकारी, ज्योति केसी, सन्दीप सुवेदी, गंगाराज… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं