सागका लागि आर्चरीका १६ खेलाडी छनोट

१३ औं दक्षिण एशियाली खेलुकद अन्तर्गत आर्चरीको दुई इभेण्टमा १६ जना खेलाडी छनोट गरिएको छ । कम्पाउण्डको प्रतिस्पर्धाको लागि कम्पाउण्ड तर्फ पुरुषमा काठमाडौंका रमेश भट्टचन, सनातन मल्ल र मिनप्रसाद गौचन रहेका छन् ।

गण्डकी प्रदेशका योगेन्द्र शेरचन छनोट भएका छन् । शेरचन कास्की जिल्ला आर्चरी संघका अध्यक्ष समेत हुन् । महिला तर्फ गण्डकी प्रदेशका दुई खेलाडी कम्पाउण्ड प्रतिस्पर्धाको लागि बन्द प्रशिक्षण छन् । गण्डकीका मोनिका रानामगर र रश्मी दर्लामी छन् भने काठमाडौंका पार्षदा आचार्य र मन्जु बजगाँई छनोट भएका हुन् ।

तीनदिनसम्म चलेको रिकर्भको छनोट प्रतिस्पर्धाबाट पुरुष तर्फ अशिम शेरचन(गण्डकी प्रदेश), रोशन नगरकोटी(आर्मी), डम्बरबहादुर थापा(आर्मी), तिलक पुन मगर(नेपाल पुलिस) छन् । महिला तर्फ मित्र राई(नेपाल आर्मी), ज्ञानु अवाले(नेपाल आर्मी), विष्णुमाया लिम्बु(गण्डकी प्रदेश) आईशा तामाङ(काठमाडौ)) रहेको छनोट समिति संयोजक बसन्त थकालीले जानकारी दिए ।

छनोट भएका खेलाडीहरुको बन्द प्रशिक्षण पोखरा रंगशालामै असोज १ गतेदेखि नै हुने उनले बताए । आर्चरीमा विशेष गरी दुई इभेण्टमा कम्पाउण्ड(५० मिटर) र रिकर्भ(७० मिटर) प्रतिस्पर्धा हुन्छ ।