ताजा समाचार

असाेज ५ गते २०७६

एकलमा हार, युगलमा जित

पोखरेली भेट्रान खेलाडी समीर शेरचनले आफनो एकल प्रतिस्पर्धामा हारको पीडालाई युगल प्रतिस्पर्धाको जितसँगै भुल्ने प्रयास गरे । पोखरा रंगशालाको टेनिस कोर्टमा आयोजित एनआईसि एशिया बैंक विश्व बरियता ग्रेड ४ टेनिस च्याम्पियनसिपको दोस्रो दिन आईतबार ५५ वर्षमाथिको उमेर समूहमा शेरचन एकल प्रतिस्पर्धामा सोझो सेटबाट पराजित हुदैं कोर्टबाहिरिए । उनी उत्तमकुमार शेर्पासँगै ६–२,६–१ को सेटमा पराजित हुन पुगे ।

तर उनले एकलको हारको पीडालाई युगल तर्फको प्रतिस्पर्धामा जित निकाल्दै भुले । सोही उमेर समूहको युगल प्रतिस्पर्धामा समीर शेरचन र अनिल तुलाचनको जोडीले उत्तमकुमार शेर्पा र मनोज राणाको जोडीमाथि सहज जित निकाले । पहिलो सेट ६–३ ले लिएका पोखरेली जोडीले काठमाडौंको जोडीलाई दोस्रो सेटमा पनि कुनै अवसर नै नदिई ६–१ ले लिदैं आफनो उपस्थितिलाई दरिलो बनाई राखे ।

५५ वर्षमाथिकै उमेर समूहमा भारतीय खेलाडी सन्जय कुमारले झ्याम्पा ढुण्डुपलाई सोझो सेटमै पराजित गरे । ढुण्डुपलाई ६–१, ६–१ को सेटले पराजित गर्दै सन्जयले अघिल्लो चरणको यात्रा सुनिश्चित बनाए । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले पोखराका शरण गुरुङलाई सोझो सेटमा चुनौतिलाई पन्छाए । उनले ६–२, ६–१ को सेटमा जित निकाल्दा अर्को खेलमा भने पोखराका विकास गुरुङले पदम गुरुङको चुनौति पन्छाउन तीन सेट खेल्न पुगे । विकासले पहिलो सेट ६–२ मा लिए । दोस्रो सेट ४–६ ले गुमाए । अन्तिम तथा निर्णायक सेटमा भने उनले पुरानै लयमा फर्किर्दै ६–२मा लिदैं जित सुनिश्चित बनाए ।

यसैगरी ४५ वर्षमाथि उमेर समूहकै प्रतिस्पर्धामा गोपीबहादुर भट्टराईले शिवप्रसाद सेढाईलाई पराजित गर्न तीन सेट खेल्न पुगे । भट्टराईले खेल आफनो पक्षमा पार्ने क्रममाा उत्कृष्ठ कमब्याक गरे । पहिलो सेट ३–६ ले गुमाएका भट्टराईले दोस्रो सेट ६–४ले लिदैं बराबरी गरे भने तेस्रो सेट ६–३ ले लिदैं जित आत्मसात गरे । अर्को खेलमा धरमबहादुर लामिछानेले मुनेश थापालाई ६–०, ६–० को सेटले पन्छाएका थिए ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा एनआईसि एशिया बैंकको मुख्य प्रायोजनामा आयोजित प्रतियोगिताको दोस्रो दिन ३५ वर्षमाथिको प्रतिस्पर्धामा भने अशोक कुमारलाई पोखरेली खेलाडी गीताराज शर्मा चालिसेले ६–०, ६–० को सेटमा पराजित गरेका छन् । भारतीय खेलाडी स्वर्णेस चतुरवेदीले अमितसिंह गुरुङदलाई सोझो सेटमा पराजित गर्ने क्रममा ६–०, ६–० सेटको नतिजा निकालेका थिए । kheladinews.com


Loading...