नेपालले जोर्डनमा एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलमा अर्को लज्जास्पद हार खेपेको छ ।
शुक्रबार राति भएको खेलमा नेपाल ताजकिस्तानसँग ७–० गोलले पराजित भयो । यस हारसँगै नेपाल छनोटबाट बाहिरिएको छ ।
पहिलो हाफमै चार गोल खाएको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो । ताजकिस्तानको भने लगातार तेस्रो जित हो ।
समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा पनि आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो ।
समूहको दोस्रो खेलमा भने नेपालले कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो । नेपालले समूहको अन्तिम खेल आइतबार श्रीलंकासँग खेल्नेछ ।




