खेलकुद

नेपाली क्रिकेट टिमको कप्तान को बन्लान् ?

नेपाली क्रिकेटको नियमित उपकप्तान भनेको ज्ञानेन्द्र मल्ल हुन् । तर सिंगापुर र ओमानसँगको सिरिजमा उनी खेलेनन् । उनैले आफै उक्त सिरिज नखेल्ने घोषणा गरेपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको थियो । ओमान र सिंगापुर सिरिजमा ज्ञानेन्द्रसहित, शरद भेषावकर, बसन्त रेग्मी पनि सहभागी नभएकाले दीपेन्द्रले उपकप्तानीको जिम्मेवारी पाएका थिए । त्यो जिम्मेवारीमा दीपेन्द्र केही हदसम्म सफल पनि भएका छन् । अबको नेतृत्वमा भने ज्ञानेन्द्र, दीपेन्द्र, शरद र बसन्तमध्ये एक जनाले लिने… पुरा पढौ

पोखरा पल्टनलाई हराउदै विराटनगरको दोस्रो जीत

विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल)  टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । यसअघि विराटनगरले पहिलो खेलमा ललितपुर फाल्कोन्सलाई चार विकेटले हराएको थियो । जितसँगै विराटनगरले दुई खेलमा चार अङ्क जोडेको छ भने पोखराको यो लगातार दोस्रो हार हो । पहिलो… पुरा पढौ

विराटनगरसंग पाेखरा ६ विकेटले पराजित

काठमाण्डाैमा जारी वुमन्स च्याम्पियन्स लिगमा विराटनगर टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले हरायो । किर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनायो । पोखराका लागि कविता कुँवरले सर्वाधिक २२ रन बनाइन् भने कप्तान सिता राना मगरले १६, अन्जली चन्दले १५ तथा रेवती धामीले १२ रन बनाइन् । यस्तै सरस्वती मगर १० रनमा अविजित रहिन्… पुरा पढौ

पोखराको खेल मैदानमा दुबो बिछ्याउन अझै समय लाग्ने

पोखरा रंगशालाको फुटबल मैदानमा दुबो विछ्याउन अझै एकसाता भन्दा बढी समय लाग्ने देखिएको छ । भारतको कोलकत्ताबाट माटोसहितको चपरीयुक्त दुबो आउन समय लागेपछि मैदानमा विछ्याउने समय लम्बिदैं गएको छ । चरण चरणमा चपरी आएपछि मैदान पूर्णरुपमा हरियाली बन्न समय लाग्ने प्रष्ट छ । पहिलो चरणमा असोज ९ गते चपरी आईपुगेको थियो । १५ हजार स्क्वायर फिट चपरी विछ्याएको २२ दिनपछि दोस्रो चरणको चपरी आईपुगेको छ । दोस्रो चरणमा २०हजार स्वाक्वयर… पुरा पढौ

सान्चो सर्वाधिक अनुभवी युवा फुटबलर

जर्मन क्लब बोरुसिया डर्टमण्डका विंगर जाडन सान्चो सर्वाधिक अनुभवी युवा फुटबल खेलाडी बनेका छन् । फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको तथ्यांकअनुसार सान्चो विश्व फुटबलमा सर्वाधिक अनुभवी युवा खेलाडीको शीर्ष स्थानमा परेका हुन् । इंग्ल्याण्डका फरवार्ड सान्चो सन् २००० मा जन्मिएका थिए । र, १९ वर्षकै उमेरमा सान्चोले विश्व फुटबलमा आफुलाई उत्कृष्ट फरवार्डको रुपमा चिनाईसकेका छन् । यस्तै इंग्ल्याण्ड तथा टोटेनहमका मिडफिल्डर रायन सेसिगनन सर्वाधिक अनुभवी खेलाडीको दोस्रो स्थानमा रहेका छन्… पुरा पढौ

विश्वकपको ग्लोबल छनोट आजदेखि

सन् २०२० मा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत युएईमा आज (शुक्रबार) बाट ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ । युएईको दुबई र आबुदाबीमा हुने छनोटमा १४ राष्ट्रको सहभागिता रहेको छ । आगामी ३ नोभेम्बरसम्म चल्ने छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् । अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्ने छन् । एक आयोजक सहित टी-ट्वान्टी वरियताका शीर्ष ९ टिमले भने छनोट खेल्ने छैनन् । राउण्ड रोबिनको आधारमा आयोजना हुने… पुरा पढौ

नेपाल-थाइल्याण्ड भिडन्त आज

पाली राष्ट्रिय महिला भलिबल टिमले आज (शुक्रबार) थाइल्याण्डको बैंकक युनिभर्सिटीको टिमसँग पहिलो मैत्रीपूर्ण  खेल खेल्दैछ । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले युनिभर्सिटीको टिमसँग खेल्न लागेको हो । नेपाल र युनिभर्सिटीबीचको खेल अपराह्न ४ बजेपछि हुने प्रशिक्षक जगदिश भट्टले खेलपाटीलाई बताए । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड… पुरा पढौ

राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता

कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा जोर्डनसँग प्रतिस्पर्धा गरेको नेपाली टिम स्वदेश फर्किएका छन् । घरेलु टिम जोर्डनसँग मंगलबार राति प्रतिस्पर्धा गरेको नेपाली टिम बिहिबार बेलुका स्वदेश आईपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष पंकज नेम्बाङ लगायतले स्वागत गरेका थिए । अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेर जोर्डन पुगेको नेपाल घरेलु टिमसँग ३-० ले पराजित भएको थियो । जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह,… पुरा पढौ

किरण चेम्जोङ आज भारत जाने

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ आज (शुक्रबार) भारत जाने भएका छन् । यस सिजनका लागि भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित किरण टिममा सामेल हुन त्यसतर्फ जाने भएका हुन् । किरणलाई पन्जाबले गत साउनमा अनुबन्ध गरेको थियो । फिफा विश्वकप छनोट अन्तर्गत जोर्डनसँगको खेल खेलेर बिहिबार स्वदेश फर्किएका किरणले नयाँ सिजन अघि टिमको प्रि-सिजन तयारीका लागि भारत जान लागेको बताए । टिम प्रि-सिजनका लागि गोवामा… पुरा पढौ

सागका लागि ह्यान्डबल खेलाडी छनोट

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगिताका लागि ह्यान्डबल खेलाडीको छनोट गरिएको छ । सागको लागि प्रशिक्षणमा रहेका खेलाडीबाट पुरुष र महिलातर्फ १६–१६ जना खेलाडी छनोट गरिएको नेपाल ह्यान्डबल संघले जनाएको छ । छनोट भएका खेलाडीहरुमा पुरुषतर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपकसिंह बोहोरा, सन्दीप कार्की, रणसिंह रावत, इन्द्रनारायण चौधरी, मदनचुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव बिष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं