नेपाल-थाइल्याण्ड भिडन्त आज

पाली राष्ट्रिय महिला भलिबल टिमले आज (शुक्रबार) थाइल्याण्डको बैंकक युनिभर्सिटीको टिमसँग पहिलो मैत्रीपूर्ण  खेल खेल्दैछ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले युनिभर्सिटीको टिमसँग खेल्न लागेको हो । नेपाल र युनिभर्सिटीबीचको खेल अपराह्न ४ बजेपछि हुने प्रशिक्षक जगदिश भट्टले खेलपाटीलाई बताए ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएका हुन् ।

थाइल्याण्डको मैत्रीपूर्ण खेल र प्रशिक्षणपछि नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।