खेलकुद

रोनाल्डोको गोलमा युभेन्ट्स विजयी

सुपर स्टार क्रिस्टियानो रोनाल्डोको गोलसँगै साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा अपराजित यात्रा कायम राखेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालई २–१ गोलले हरायो । खेलअघि घरेलु मैदानमा युभेन्ट्सले रोनाल्डोको सात सयौं गोल अंकति जर्सी समेत सार्वजनिक गरेको थियो । बोलोग्नाविरुद्धको उक्त गोलसँगै रोनाल्डोले सात सय एक गोल पुर्याएका छन् । युभेन्ट्सका लागि रोनाल्डोले १९औं मिनेटमा सुरुवाती गोल गरे । त्यसपछि बोलोग्नाका डानिलोले २४औं मिनेटमा… पुरा पढौ

जिदानको टिम गुल्टिँदा बार्सिलोना शीर्ष स्थानमा

जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियाल मड्रिड पराजित हुँदा स्पेनिश लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना शीर्ष स्थानमा पुगेको छ ।  शनिबार रातिको खेलमा रियाल मड्रिड कमजोर मानिएको मयोर्कासंग उसकै मैदानमा १–० गोल अन्तरले पराजित भएपछि बार्सिलोनालाई फाइदा भएको हो ।  खेलको ७ मिनेटमै लागो जुनियरले गोल गर्दै मयोर्कालाई जिताए । ७४ औं मिनेटमा रियाल मड्रिडका अल्भारो अड्रिओजोला दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए । रियाल ग्यारेथ बेल र एडन हजार्ड बिना नै… पुरा पढौ

प्रिमियर लिगमा आठ खेल, १५ गोल

 इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ८ खेल भएका छन् । जसमा मात्र १५ गोल भएको छ । उपाधि दावेदार क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी लेस्टर सिटी लगायतका टिमहरु विजयी भएका छन् ।  खेलमा म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० गोल अन्तरले हरायो । गाब्रियल जिसस र डेभिड सिल्भाले १–१ गोल गरेका थिए ।  चेल्सीले घरेलु मैदानमा न्युकासल युनाइटेडमाथि १–० गोल अन्तरको संघर्षपूर्ण जित निकाल्यो । मार्कस अलन्सोले ७३ औं… पुरा पढौ

मेस्सी, ग्रिजम्यान र स्वरेज तीनै जनाले गोल गरे

ट्रिओ एमएसजीको गोलसँगै बार्सिलोनाले ला लिगामा एइबरमाथि सहज जित हात पारेको छ । र लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बार्सिलोनाले एइबरमाथि ३-० को जित हात पारेको हो । बार्सिलोनाका तीन स्ट्राकइर एन्टोन ग्रिजम्यान, लिओनल मेस्सी र लुइस स्वरेजले गोल गरे । एइबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १३ औं मिनेटमा ग्रिजम्यानको गोलबाट अग्रता लिएको गियो । दोस्रो हाफको ५८ औं मिनेटमा मेस्सीले गोल गरे । उनलाई… पुरा पढौ

पोखरा पल्टन ७ विकेटले पल्टियो

जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) मा चितवन राईनोजले प्लेअफमा स्थान बनाउन सफल भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा पल्टनलाई ७ विकेटले हराउँदै चितवनले प्ले अफमा स्थान बनाएको हो । खेलमा पोखराले दिएको १२८ रनको लक्ष्य चितवनले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । चितवनको जितमा काजल श्रेष्ठले अर्धशतकीय पारी खेलिन उनले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेकी हुन् । चितवनका लागि कन्चन श्रेष्ठले २९… पुरा पढौ

मेरिलेबोन क्रिकेट क्लब नेपाल आउँदै, पोखरा र काठमाडौंमा खेल्ने

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नोभेम्बर पहिलो साता नेपाल आउने भएको छ । एमसीसीको क्रिकेट टिमले २ देखि १२ नोभेम्बरसम्म नेपालको टुर गर्ने भएको हो । यसक्रममा काठमाडौंका साथै पोखरामा समेत क्रिकेट खेल्ने तय भएको छ । एमसीसीको टोलीले नेपालको सिनियर टिमसँग तीन दिवसीय म्याच खेल्नेछ भने पोखरा र काठमाडौंमा टी-२० सिरिज र एक दिवसीय म्याच पनि खेल्ने तयारी छ । पुरा पढौ

काठमाडौंद्धारा बिराटनगर पराजित

वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटमा क्याट क्विन्स काठमाडौंले दोस्रो जित हात पारेको छ । उसले शनिबार भएको खेलमा बिराटनगर टाइटन्सलाई ५२ रनले हराएको हो । यो बिराटनगरको पहिलो हार हो । यदि यो खेल जितेको भए बिराटनगरको एलिमिनेटरमा स्थान पक्का हुने थियो । तर समूह चरणको अन्तिम खेल कुर्नु पर्ने भएको छ । काठमाडौंले दिएको १४० रनको लक्ष्य पछ्याएको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो… पुरा पढौ

भलिबलमा नेपाल विजयी

मैत्रीपूर्ण भलिबल खेलमा नेपालकाे राष्ट्रिय महिला भलिबल टिमले जित निकालेको छ ।थाईल्याण्डमा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई हराएको हो । नेपालले पहिलो खेलमा बैंकक युनिभर्सिटीसंग प्रतिस्पर्धा गर्ने तय थियो । तर प्राविधिक कारणले युनिभर्सिटीको टिम उपलब्ध हुन सकेन । सोही कारण नेपालले स्थानीय जरानसानिवाङसंग पहिलो मैत्रीपूर्ण खेल खेलेको प्रशिक्षक जगदिश भट्टले जनाएका छन् । थाईल्याण्डको टिमलाई नेपाली महिला टिमले ३–१ को सेटमा हराएको हो । पहिलो… पुरा पढौ

डी मारियाको प्रभावमा पीएसजीको जित

लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले नाईसमाथि प्रभावशाली जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले नाईसलाई ४–१ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा एन्जल डी मारियाले दुई, केलियन एम्बाप्पेले र इकार्डीले समान एक एक गोल गरे । नाईसको गनागोले एक गोल गरे । खेलमा अग्रता पीएसजीले १५ औ मिनेटमा डी मारियोको गोलबाट लिएको थियो । २१ औ मिनेटमा उनैले पीएसजीको अग्रता दोब्बर पारेका थिए । ६७ औ… पुरा पढौ

किरण भारत प्रस्थान

नेपाली पाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आज भारत प्रस्थान गरेका छन् । कतार विश्वकप अन्तरगत दुई अवे खेलपछि नेपाली टोलीसँगै बिहीबार स्वदेश फर्किएको किरण आज त्यसतर्फ प्रस्थान गरेको हो । किरण यसै सिजन गत साउनमा भारतीय आइ लिग क्लब मिर्नेभा पन्जावमा आबद्ध भएका थिए । किरणको टोलीले प्रि–सिजन टुरमा आज एफसी हैदरावादसँग खेल्दैछ । ‘क्लबले खेल्नुपर्ने भन्दैछ । रिजर्भ टिम चन्डिगढमा रहेको छ । होममा शनिबार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं