खेलकुद

राष्ट्रिय फुटबल टोली स्वदेश फर्किंदै

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किंदै छ । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह बीका दुई अवे खेलपछि नेपाली टोली स्वदेश फर्किन लागेको हो ।  एन्फाका अनुसार टोली बेलुका साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछ । छनोटमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो । त्यसअघि अष्टेलियासँग भएको खेलमा नेपाल ५–० ले हारेको थियो । अवे खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको छ… पुरा पढौ

यूएईका कप्तानसहित तीन खेलाडीलाई प्रतिबन्ध !

टी-२० विश्वकप छनोटको मुखैमा यूएईका कप्तानसहित तीन क्रिकेट खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्धमा परेका छन् । आईसीसीले म्याच फिक्सिङको आरोपमा कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो । आईसीसीले प्रेस विज्ञप्ति निकाल्दै तत्काल लागु हुने गरी कप्तान नाभिदसहित तीन खेलाडीलाई प्रतिबन्धमा पारेको हो । २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकपको लागि यूएईमा यही शुक्रबारदेखि छनोट प्रतियोगिता सुरु हुँदैछ । तर प्रतियोगिताअघि आफ्ना तीन खेलाडीले… पुरा पढौ

सन्दीप लामिछानेको दुई छलाङ

नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई एकैदिन दुईवटा खुशी मिलेको छ । बुधबार राति मात्र सन्दीप छुट्टाछुट्टै दुईवटा ठूला प्रतियोगितामा महंगो मुल्यमा अनुबन्धित भएका छन् । सन्दीप बुधबार राति इङ्ल्यान्ड र वेल्समा सन् २०२० को जुलाई १७ देखि अगस्ट १६ सम्म आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता तथा युएईमा नोभेम्बर १५ देखि २४ तारिखसम्म आयोजना हुने टी–१० लिगमा महँगो मुल्यमा अनुबन्धित भएका छन् । ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले… पुरा पढौ

महिला भलिबल टिम थाईल्याण्ड प्रस्थान

अन्तराष्ट्रिय प्रशिक्षण तथा अभ्यास खेलका लागि राष्ट्रिय महिला भलिबल टिम थाईल्याण्ड उडेको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग तथा बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता खेल्ने तयारीमा रहेको महिला भलिबल टिम बुधबार थाईल्याण्ड प्रस्थान गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेपसंग) सहकार्य गरेर नेपाल भलिबल संघले खेलाडीलाई बैदेशिक प्रशिक्षण तथा अभ्यास खेलको अवसर जुटाएको हो । १८ खेलाडी सहितको नेपाली टिम थाईल्याण्ड गएको हो । मुख्य प्रशिक्षक… पुरा पढौ

इंग्ल्याण्डका खेलाडीलाई दुर्व्यवहार गर्ने ६ समर्थक पक्राउ

युरोकप छनोट अन्तर्गत घरेलु मैदानमा इंग्ल्याण्डका खेलाडीलाई रंगभेदीय दुर्व्यवहार गरेको आरोपमा बुल्गेरियाको प्रहरीले ६ समर्थकलाई पक्राउ गरेको । सोमबार राति इंग्ल्याण्डले घरेलु टोलीलाई ६-० ले पराजित गरेको खेलमा इंग्ल्याण्डका खेलाडीलाई बुल्गेरिया समर्थकले रंगभेदीय दुर्व्यवहार गरेका थिए । उक्त दुर्व्यवहारमा संग्लग १५ समर्थकको पहिचान भए पनि ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ नपरेकामाथि प्रहरीले खोजि जारि राखेको बताईएको छ । खेलको दौरान बुल्गेरियाका समर्थकले इंग्ल्याण्डका काला वर्णका खेलाडीलाई… पुरा पढौ

सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित, पारिश्रमिक कति ?

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका छन् । बर्मिङ्घमले सन्दीपलाई १ लाख पाउण्ड (१ करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । सन्दीप बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स… पुरा पढौ

थ्रीस्टारले बंगलादेशको खेल नखेल्ने

थ्री स्टार क्लबले बंगलादेशमा हुने शेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता नखेल्ने भएको छ । कात्तिकको पहिलो साता बंगलादेशमा आयोजना हुने प्रतियोगिता थ्री स्टारले नखेल्ने निर्णय गरेको हो । बंगलादेशी फुटबल संघको सहकार्यमा अबहानी लिमिटेडले प्रतियोगिता आयोजना गर्दै आएको छ ।आयोजकले प्रतियोगिता खेल्न नेपालबाट दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबलाई प्रस्ताव गरेको थियो । मनाङले आफ्ना अधिकांश खेलाडीले राष्ट्रिय टिममा रहेकाले खेल्न नसक्ने बताएको थियो । थ्री… पुरा पढौ

सशस्त्र प्रहरी क्रस कन्ट्री दौड च्याम्पियन

खेलकुदको माध्यमबाट चीनिया पर्यटक प्रवद्र्धन गर्ने उद्देश्य सहित पोखरामा आयोजित अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल(एपीएफ) च्याम्पियन बनेको छ । २२ किलोमिटर दौड, १९ किलोमिटर साईक्लिङ र १.२ किलोमिटर बोटिङ (डुंगा) गर्दै ४२.२ किलोमिटरको दुरी तय गर्ने क्रममा चीनियाँ टोलीलाई पछि पार्दै सशस्त्र टोलीले ४ घण्टा १७ मिनेट २२ सेकेण्डको समय लगायो । सशस्त्र प्रहरी बलको टोलीको सदस्यमा सन्तोषविक्रम विष्ट, गणेश खत्री र ईन्द्रकला नेम्वाङ… पुरा पढौ

ईटालीको आक्रामक यात्रा

युरोकप छनोट फुटबलमा ईटालीले आक्रामक यात्रालाई कायमै राखेको छ । ईटालीले अहिलेसम्म खेलेका छनोटका ८ खेलमा सबैमा विजयी नतिजा निकालेको छ ।  आठौं खेलमा मंगलबार राति ईटालीले लिचटेन्सटेन्टलाई ५–० गोल अन्तरले हरायो । लिचतेन्सटेन्टको मैदानमा भएको खेलमा ईटालीलाई जिताउन एन्ड्रे बेलोट्टीले २ गोल गरे ।  फेडेरिको बर्नाडेस्ची, एलेसियो रोमाग्नोली र स्टेफान एल शार्रेले एक–एक गोल गरे । अहिलेसम्म खेलेका ८ खेलमा २५ गोल गरेको ईटालीले ३ खेलमा ३ गोलमात्र खाएको… पुरा पढौ

युरोकपमा छानियो स्पेन, अहिलेसम्म को-को छानिए ?

स्पेन सन् २०२० मा हुने युरोकप फुटबलमा छनोट भएको छ । समूह ‘एफ’ बाट खेलिरहेको स्पेनले मंगलबार रातिको खेलमा स्वीडेनसंग १–१ गोलको बराबरी खेले पनि तीन पटकको च्याम्पियन स्पेन युरोकपमा छनोट भएको हो । खेलको ५० औंं मिनेटमा मार्कस बर्गले गोल गर्दै स्वीडेनलाई अगाडि बढाए पनि ईन्जुरी समयमा रोड्रिगोले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याएका थिए । त्यही एक अंक नै स्पेनलाई छनोट हुन काफी भयो ।  ८ खेलबाट स्पेनको २०… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं