अष्टेलियाको तास्मानियामा भएको आईसिएन (आई कम्पिट नेचुरल) बडिबिल्डिङ् प्रतियोगितामा पोखरा न्यूरोडका सुजनकुमार शिल्पकारले दुईवटा स्वर्णपदक जितेका छन् ।
हाल अष्टेलियाको तास्मानिया स्थित लन्सेस्टनमा बसोबास गरिरहेका शिल्पकारले त्यहाँको कण्ट्रि क्लवको प्रतिनिधित्व गर्दै फिजिक क्याटागोरी (शरीर रचना बिधा) र नवप्रवेशी समूहमा स्वर्णपदक जितेका हुन् ।
स्वर्ण पदक हात पारेपछि सुजनले यही अक्टोवर २६ र २७ मा मेलवर्नमा हुने आईसिएन विश्व च्याम्पियनसिपमा भाग लिन पाउने भएका छन् ।
सफलता पछि उनले अष्ट्रेलियामा आफूले गरेको मिहिनेतको फल मिलेको प्रतिक्रिया दिएका छन् । यो सफलताले आफूलाई अझै उत्साह थपेको बताउँदै उनले आउँदा दिनमा विश्व मञ्चमा प्रवेश गर्ने बाटो खुलेको बताए ।
उनले स्वर्ण जितेपछि अष्टेलियामा बस्ने नेपाली समुदायले खुशी व्यक्त गरेका छन् ।
आउँदो प्रतिस्पर्धाका लागि शुभकामना दिँदै उनीहरूले विश्व च्याम्पियनमा सुजनको प्रदर्शन हेर्न आतुर रहेको प्रतिक्रिया दिए।






