नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किंदै छ । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह बीका दुई अवे खेलपछि नेपाली टोली स्वदेश फर्किन लागेको हो ।
एन्फाका अनुसार टोली बेलुका साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछ । छनोटमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो ।
त्यसअघि अष्टेलियासँग भएको खेलमा नेपाल ५–० ले हारेको थियो । अवे खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको छ ।
कुवेतसँग सुरुआती खेलमा ७–०को लजास्पद हार ब्यहोरेको थियो । दुई अवे खेलपछि नेपाल अब घरेलु मैदानमा हुने खेलको तयारीमा जुट्नेछ ।






