खेलकुद

बुल्गेरियाको पोस्ट्मा इङ्ल्यान्डको गोल बर्षा

युरोकप छनोट खेलमा इङ्ल्यान्डले बुल्गेरियामाथि गोलबर्षा गरेको छ । समूह ‘ए’ अन्तर्गत सोमबार राति भएको खेलमा इङ्ल्यान्डले बुल्गेरियालाई उसैको घरेलु मैदानमा ६–० गोलले हरायो । इङ्ल्यान्डको जितमा रहिम स्टर्लिङ र रोस बार्कलीले दुई/दुई गोल गरे । कप्तान ह्यारी केन र मार्कुस रासफोर्डले एक एक गोल गोल गरेका थिए । पहिलो हाफमै चार गोल गरेको इङ्ल्यान्डका लागि मार्कुसले सातौं मिनेटमा पहिलो गोल गरे । त्यसपछि बार्कलीले २०औं र ३२औं तथा स्टर्लिङले… पुरा पढौ

रोनाल्डोको ७०० गोल पूरा, पोर्चुगल पराजित

विश्व चर्चित स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल करिअरमा सात सय गोल पूरा गरेका छन् । सोमबार राति युक्रेनविरुद्ध गोल गरेसँगै उनले आफ्नो करिअरमा ९७३ खेलबाट सात सय गोल पूरा गरेका हुन् । उनले आफ्नो देशको लागि ९५ गोल पूरा गरेका छन् । उनले आफ्नो करिअरमा यस्तो रेकर्ड राख्न सफल भएपनि पोर्चुगल युरोकप छनोटमा युक्रेनसँग पराजित हुन पुगेको छ । समूह ‘बी’ मा रहेको पोर्चुगलले सोमबार राति युक्रेनसँग उसैको भूमिमा… पुरा पढौ

आज नेपाल-जोर्डन भिडन्त, कस्तो होला खेल ?

विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा नेपाल र जोर्डनबीचको खेल सुरु हुनेछ । पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५-० गोलको हार ब्यहोरेको नेपाल त्यतैबाट जोर्डन पुगेको हो । जोर्डनलाई उसैको घरेलु मैदानमा रोक्ने लक्ष्यमा नेपाल रहेको छ । त्यसो त सन् २०११ को जुलाई २३ मा विश्वकप छनोटको दोस्रो चरणमा जोर्डनसँग… पुरा पढौ

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड भोलि, तयारी पूरा

पोखरामा भोलि बुधबार आयोजना हुने अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडमा १ सय ५ जना धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । दौडमा सहभागी हुने चिनिया प्राविधिकसहितको टोलीहरू पोखरा आइसकेका छन् । प्रतियोगितामा चीनका करिब समूह र व्यक्तिगत ७० जना धावक सहभागी हुनेछन् । साथै नेपालका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ९० जनाको टोली सहभागी हुने प्रतियोगिता संयोजक विश्वशंकर पालिखले जानकारी दिए… पुरा पढौ

पूर्वकप्तान अनिललाई नेपाल प्रताप भूषण पदक

पूर्व राष्ट्रिय फुटबल खेलाडी अनिल अधिकारी नेपाल प्रताप भूषण पदकबाट विभूषित भएका छन् । प्रहरी दिवसका अवसरमा उनी शुक्रबार सम्मानित भएका हुन् । २५ वर्षदेखि प्रहरी सेवामा रहेका प्रहरी निरिक्षक अनिलको कप्तानीमा पुलिसले पहिलो पटक २०६३ मा सहिद स्मारक ए डिभिजन लिग जितेको थियो । सन् २००० देखि २००३ सम्म राष्ट्रिय टोलीबाट खेलेका उनले पुलिसलाई एक दशक भन्दा लामो समय कप्तानी गरे । हाल महानगरिय प्रहरी प्रभागमा कार्यरत  पूर्व डिफेन्डरअनिलले… पुरा पढौ

युरोकप छनोटमा गोल वर्षा, रुस र पोल्याण्ड छनोट

युरोकप फुटबल छनोटमा आइतबार राति ९ खेल भएका छन् । जसमा २५ गोल भएको छ । समूह सी को खेलमा नेदरल्याण्डस र जर्मनी विजयी भएका छन् ।  नेदरल्याण्डसले बेलारुस र जर्मनीले ईस्टोनियाविरुद्व महत्वपुर्ण जित हासिल गरेका छन् । नेदरल्याण्डसले बेलारुसलाई २–१ र जर्मनीले इस्टोनियालाई ३–० गोल अन्तरले हराएको हो । डच टिमलाई जित दिलाउन दुवै गोल इंगलिश क्लब लिभरपुलका मिडफिल्डर जोर्गिन्हो विचनाल्डमले गरे । बेलारुसका ड्रागनले ५३ औ मिनेटमा एक गोल गोल… पुरा पढौ

नेयमार घाइते, ब्रजिल बराबरीमा, अर्जेन्टिना बर्सियो

ब्राजिलियन फुटबल स्टार नेयमार फेरि घाइते भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्दै आएका नेयमार आइतबार रातिको नाइजेरिया विरुद्धको मैत्रिपूर्ण खेलका क्रममा घाइते भएका हुन् ।  २७ वर्षे नेयमारले ब्राजिलका लागि मात्र १२ मिनेट खेले । सिंगापुरमा भएको खेलमा बायाँ थाइमा चोट बोक्दै नेयमार बाहिरिए । नेयमारको स्थान फिलिप्पले कौटिन्हओले लिए ।  खेलमा जो आरिबोले नाइजेरियालाई गोल दिलाउँदा ब्राजिलका कासेमिरोले गोल गरेका थिए ।  आइतबार राति १० मैत्रिपूर्ण… पुरा पढौ

रोनाल्डोको नाममा स्टेडियम

पोर्चुगिज क्लब शीर्ष डिभिजन क्लब स्पोर्टिङ लिस्वनले सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाममा रंगशालाको नामाकरण गर्ने भएको छ । स्पोर्टिङ लिस्वन क्लबका अध्यक्ष फेडरिको भरानडासले रोनाल्डो क्लबको सिम्वोल रहेकाले जोसे अलभालाडे स्टेडियमलाई रोनाल्डो नामाकरण गर्ने तयारी भएको बताएका छन् । ‘रोनाल्डो पोर्चुगलका सान हुन् । उनी अहिले व्यावसायिक फुटबलमा जमिरहेका छन् । रोनाल्डोले सबै खाले फुटबलबाट सन्न्यासको घोषणा गरेको दिन उनको बाल्यकलको क्लब स्पोर्टिङको स्टेडियमलाई रोनाल्डोको नाममा नामाकरण गरिनेछ,’ फेडरिकोले भने ।… पुरा पढौ

भारतलाई टेस्ट सिरज

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिज भारतले जितेको छ । तीन टेस्टको सिरज भारतले २–० ले जितेको हो । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारत एक इनिङ र एक सय ३८ रनले विजयी भयो । दोस्रो टेस्टको चौथो दिन फलोअनमा रहेको दक्षिण अफ्रिका एक ८९ रनमा अल आउट भएपछि भारत सजिलै विजयी भयो ।  भारतको जितमा उमेश यादव र रवीन्द्र जडेजाले समान तीन तीन विकेट लिए । आर आश्विनले दुई विकेट लिएका थिए… पुरा पढौ

भुटानसँग नेपालको बराबरी

भुटानमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलको अन्तिम खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको छ । यसअघिनै च्याम्पियनसिपबाट बाहिरिएको नेपालले जितविनै भुटान यात्रा सकेको छ । आइतबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध सुरुवाती अग्रता लिएरपनि बराबरीमा चित्त बुझायो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा नेपालले ५१औं मिनेटमा गोल गरेको थियो । नेपालकी निकिता थोकरले गोल गरिन् । त्यसपछि भुटानकी कप्तान डेकी इहाजोमले ६८औं मिनेटमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं