पूर्वकप्तान अनिललाई नेपाल प्रताप भूषण पदक

पूर्व राष्ट्रिय फुटबल खेलाडी अनिल अधिकारी नेपाल प्रताप भूषण पदकबाट विभूषित भएका छन् । प्रहरी दिवसका अवसरमा उनी शुक्रबार सम्मानित भएका हुन् ।

२५ वर्षदेखि प्रहरी सेवामा रहेका प्रहरी निरिक्षक अनिलको कप्तानीमा पुलिसले पहिलो पटक २०६३ मा सहिद स्मारक ए डिभिजन लिग जितेको थियो ।

सन् २००० देखि २००३ सम्म राष्ट्रिय टोलीबाट खेलेका उनले पुलिसलाई एक दशक भन्दा लामो समय कप्तानी गरे ।

हाल महानगरिय प्रहरी प्रभागमा कार्यरत  पूर्व डिफेन्डरअनिलले सम्मानले कामको मुल्याङ्याकन भएको अनुभव गरेको र यसले थप हौसला मिलेको बताएका छन् । पुलिसकै भलिबल खेलाडी कोपिला उप्रेती राष्ट्र सेवा पदकबाट विभुषित भइन् ।