बाँदरको आवाज निकालेर इंगल्याण्डको दुर्व्यवहार (फोटोफिचर)

इंगलिश फुटबल टीम पटक-पटक रंगेभदी दुर्व्यवहारको शिकार बन्दै गएको छ । यसअघि पनि उक्त घटनाबाट गुज्रिएको इंगल्याण्डलाई सोमबार रातिको खेलमा पनि बुल्गेरियाका समर्थकले त्यही व्यवहार गरेका थिए । 

युरोकप छनोट अन्तर्गतको छैटौं खेलमा इंगल्याण्डले बुल्गेरियामाथि उसकै मैदानमा ६–० को फराकिलो गोल अन्तरको जित निकालेको छ ।

तर उक्त जितको खुशी इंगलिश खेलाडीहरुले खुलेर गर्न सकेनन् । बुल्गेरियाका समर्थकले इंगल्याण्डका कालाजातिका खेलाडीलाई लक्षित गर्दै नाजी स्यालुट गर्दै बाँदरको आवाज निकालेका थिए ।

A fan holds up a No Respect jumper, rubbishing UEFA's Respect campaign for equality and an end to racism in football

यो गलत हर्कत रोक्नका लागि बुल्गेरियाका खेलाडीले नै आफ्ना समर्थकमाथि आग्रह गर्नुपरेको थियो । विरोध नरोकिए खेल रोक्ने चेतावनी आएपछि बुल्गेरियाका खेलाडीले आफ्ना समर्थकमाथि अनुरोध गर्नुपरेको हो । 

Fans in black wore clothes which had 'ultras' and 'hooligans' printed on them, before a mass walk-out before half-time

विशेष गरी रहिम स्टर्लिङमाथि अझ बढी दुव्र्यवहार भएको थियो । उनीहरुले सम्मान छैन भन्ने जर्सी नै लगाएका थिए । 

Tyrone Mings (centre) making his debut for England, was the first player to report the abuse which led to the first stoppage

आफू दुर्व्यवहारमा परे पनि स्टर्लिङले गोल गर्न भने बिर्सेनन् । उनले दुई गोल गरे । त्यस्तै रोस बार्कलीले पनि दुई गोल गरे । मार्कोस रासफोर्ड र ह्यारी केनले एक एक गोल गरे । 

England's Raheem Sterling was a target for much of the abuse with reporters inside the stadium hearing monkey noises and jeers directed at him

यो जितपछि समूह ‘ए’ को खेलमा शीर्ष स्थानको इंगल्याण्डले ६ खेलबाट १५ अंक जोडेको छ । 

Gareth Southgate consoled England striker and goalscorer Marcus Rashford as he left the field after being substituted having previously been targeted with abuse

३ अंकको बुल्गेरिया तालिकाको पुछारमा छ । सोमबार रातिको अर्को खेलमा कोसोभोले मोन्टेनेग्रोलाई २–० गोल अन्तरले हराएको छ । 

५ टोली रहेको समूहमा चेक रिपब्लिक १२ अंकसहित दोस्रो र कोसोभो ११ अंकसहित तेस्रो स्थानमा छ । मोन्टेनेग्रोको ३ अंक छ ।