खेलकुद

नेपाल जोर्डनसँग पनि पराजित

नेपाली राष्ट्रिय फुटबल टोली कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत समूह बीको अन्तिम अवे खेलमा जोर्डनसँग पराजित भएको छ ।  आज भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा सम्हालिन नसक्दो नेपाल घरेलु टोली जोर्डनसँग ३-० ले पराजित भएको हो । जोर्डनको जितमा अहेमद इर्सान ,फेरास सेल्बाइह र बाहा फैसलले गोल गरे ।  अम्मान अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेपनि नेपाल दोस्रो हाफमा… पुरा पढौ

पारसको राजीनामा स्वाभाविक,अचम्म मान्नु पर्दैन : चन्द

नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले पारस खड्काले कप्तान पदबाट दिएको राजीनामा स्वाभाविक भएको बताएका छन् । अध्यक्ष चन्दले टोलीमा खेलाडी आउने–जाने क्रम चलिरहने बताए ।  उनले भने, “राजीनामा स्वाभाविक हो । टोलीमा खेलाडी आउने–जाने क्रम चले जस्तै हो । यसमा अचम्म मान्नुपर्ने केही छैन । यो एक प्रक्रिया हो ।” उनले राजीनामाबारे औपचारिक रुपमा जानकारी नआएको र मिडियाबाट नै थाहा पाएको बताए । “मैले पनि तपाईंहरुमार्फत् नै… पुरा पढौ

क्यान निलम्बन फुकुवापछि यस्तो रौनक

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेपछि नेपाली क्रिकेटमा एकाएक रौनक छाएको छ ।  करिब साढे तीन वर्षअघि लगाएको प्रतिबन्ध सशर्त फुकुवा भएपछि नेपाली क्रिकेटरप्रेमीहरु खुशी हुनु स्वभाविकै हो ।  सशर्तमा के के सर्तहरु रहने छन् नखुलाइए पनि आर्थिक र प्रशासनिक योजना मुताबिक आईसीसीले नेपाललाई दिने सुविधा प्रदान गर्ने संभावना रहेको छ। नेपालको प्रतिबन्ध फुकुवा भएपछि नेपालले आईसीसीबाट पाउने सबै सुविधाहरु पाउने छ… पुरा पढौ

फ्रान्सलाई बराबरीमा रोक्दा टर्कीका खेलाडीद्धारा ‘आर्मी सल्यूट’

युरोकप फुटबल छनोट अन्तर्गतको खेलमा विश्वकप विजेता फ्रान्स बराबरीमा रोकिएको छ । समूह ‘एच’ को खेलमा फ्रान्स सोमबार राति टर्कीसँग घरेलु मैदानमै १–१ गोलको बराबरीमा रोकिएको हो । गोलको खडेरी लागेको खेलमा ७६ औं मिनेटमा ओलिभर जिरूले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेटमै कान यहानले गोल गर्दै टर्कीलाई हारबाट जोगाए । त्यसपछि त के चाहियो र । टर्कीका खेलाडीहरुले आर्मी सल्यूट गरिहाले । यो भाग्यवश… पुरा पढौ

पारस ! तिमी कप्तान भएकै सुहाउँछ

प्रिय पारस ! आईसीसीले क्यान निलम्बन फुकुवा गरेको २४ घण्टा नबित्दै तिमीले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिएको खबरले म स्तब्ध भएँ । ममात्र होइन, नेपाली क्रिकेटलाई माया गर्ने हरेक समर्थक दुःखी भए । नेपाली क्रिकेट र पारस अनि पारस र नेपाली क्रिकेट एकअर्काको पर्याय जस्तै बनेको छ  ।  मलाई यो पनि थाहा छ, हरेक खेलाडीको जीवनमा उतारचढाव आउँछन् । एक दशक नेपाली टोलीको सफल कप्तानी गरेपछि ढिलोचाँडो तिमीले नयाँ पुस्ताका… पुरा पढौ

पारसले त्यागे राष्ट्रिय टिमको कप्तानी

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले आफ्नो पदबाट राजिनामा दिएका छन । उनले प्रेस बिज्ञप्ती जारी गर्दै कप्तानी छोडेको जानकारी दिएका हुन । उनले नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिती बनेको र निलम्बन पनि फुकुवा भएको भन्दै अब नेपाली क्रिकेट नयाँ तरिकाले अगाडी बढ्नुपर्ने बताए । हिजो मात्रै क्यान निलम्बन फुकुवा भएको थियो । उनले भनेका छन्, “नेपाल क्रिकेटको निलम्बन हटाइएको छ भनेर थाहा पाउँदा खुशी लाग्यो र नयाँ कार्यसमिती लाई क्रिकेट,… पुरा पढौ

बन्द प्रशिक्षणको लागि बक्सिङ टोली पोखरामा

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको तयारी तिब्र रहँदा दोस्रो आयोजनास्थलको रुपमा रहेको पोखरामा चार खेलका खेलाडी बन्द प्रशिक्षणमा व्यस्त छन् । लामो समयदेखि प्रशिक्षण ह्याण्डबल टोलीसँगै आर्चरी र व्याडमिन्टनको टोलीसँगै पछिल्लो समय बक्सिङ टोली पोखरा आईपुगेको छ । सोमबार मध्यरातमा आईपुगेको टोलीलाई कास्की जिल्ला बक्सिङ संघले मंगलबार विहान स्वागत गर्दैै पोखरा रंगशालामा उपलब्ध पुर्वाधारसँगै प्रशिक्षण सामाग्रीको बारे जानकारी दियो । चार प्रशिक्षकसँगै १६ खेलाडी पोखरा आईपुगेका छन् । केही… पुरा पढौ

राष्ट्रिय टिमको कप्तानीबाट राजीनामा दिने पारसको घोषणा

नेपाली क्रिकेट टोलीका सफल कप्तान क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छोडेको घोषणा गरेका छन् । झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले अब कप्तान पद छाड्ने निर्णय लिएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका हुन् । उनको कप्तानीमा नेपालले टी(ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि… पुरा पढौ

क्रिकेटमा सुपर ओभरको नियम परिवर्तन, बराबर भए पुनः खेलाइने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट खेलमा सुपर ओभरको नियम परिवर्तन गरेको छ । दुबईमा सोमबार अबेर सम्पन्न आईसीसी कार्यसमित बोर्ड बैठकले सुपर ओभरको नियममा परिवर्तन गर्ने निर्णय गरेको हो ।  बैठकले सेमिफाइनल र फाइनल खेलका लागि सुपर ओभरको नयाँ नियम बनाएको छ । नयाँ नियम अनुसार सुपर ओभरको खेल पनि बराबर भएमा फेरि अर्को सुपर ओभर खेलाइनेछ । सुपर ओभरमा दुई मध्ये जुन टोलीले बढी रन बनाउँछ उही टोली… पुरा पढौ

बाँदरको आवाज निकालेर इंगल्याण्डको दुर्व्यवहार (फोटोफिचर)

इंगलिश फुटबल टीम पटक-पटक रंगेभदी दुर्व्यवहारको शिकार बन्दै गएको छ । यसअघि पनि उक्त घटनाबाट गुज्रिएको इंगल्याण्डलाई सोमबार रातिको खेलमा पनि बुल्गेरियाका समर्थकले त्यही व्यवहार गरेका थिए ।  युरोकप छनोट अन्तर्गतको छैटौं खेलमा इंगल्याण्डले बुल्गेरियामाथि उसकै मैदानमा ६–० को फराकिलो गोल अन्तरको जित निकालेको छ । तर उक्त जितको खुशी इंगलिश खेलाडीहरुले खुलेर गर्न सकेनन् । बुल्गेरियाका समर्थकले इंगल्याण्डका कालाजातिका खेलाडीलाई लक्षित गर्दै नाजी स्यालुट गर्दै बाँदरको आवाज निकालेका थिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं