नेपाल जोर्डनसँग पनि पराजित

नेपाली राष्ट्रिय फुटबल टोली कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत समूह बीको अन्तिम अवे खेलमा जोर्डनसँग पराजित भएको छ । 

आज भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा सम्हालिन नसक्दो नेपाल घरेलु टोली जोर्डनसँग ३-० ले पराजित भएको हो । जोर्डनको जितमा अहेमद इर्सान ,फेरास सेल्बाइह र बाहा फैसलले गोल गरे । 

अम्मान अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेपनि नेपाल दोस्रो हाफमा गोलको शिकार भयो । ५६ औं मिनेटमा नेपाली डिफेन्डर दिनेश राजबंशीको गल्तीमा पाएको पेनाल्टीमा जोर्डनले अग्रता लिएको थियो । 

जोर्डनका लागि फेरासले पेनाल्टीमा गोल गरे । गोलपछि उत्साहित जोर्डनले ७८ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।

जोर्डनको अग्रता दोब्बरमा अहेमद इर्सानले गोल गरे । लगातारको गोलपछि दबाबमा परेको नेपाल ८८ औं तेस्रो गोलको सिकार भयो । आत्तिएका नेपाली डिफेन्डरको फाइदा उठाउँदै जोर्डनका बाहा फैसलले गोल गरे । 

त्यो बिचमा नेपालले पाएका केही अवसर सदुपयोग गर्न सकेन् । त्योभन्दाअघि नेपालले पहिलो हाफमा आक्रमक खेलेको थियो । गोलकिपर किरण चेम्जोङले पहिलो हाफमा जोर्डनका धेरै प्रहार बिफल पारेका थिए । 

दोस्रो हाफमा किरणले प्रयास गरेपनि अन्तिम समयमा सम्हालिन नसक्दा अन्तिम अवे खेलमा नेपालले ३–० को हार ब्यहोरेको छ ।

योसँगै नेपालले समूह बी मा तेस्रो हार ब्यहोरेको छ । नेपालले अब समूहका बाँकी खेल घरेलु मैदानमा खेल्नेछ । यसअघि नेपाल गत बिहीबार अष्ट्रेलियासँग पराजित भएको थियो ।