मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नोभेम्बर पहिलो साता नेपाल आउने भएको छ । एमसीसीको क्रिकेट टिमले २ देखि १२ नोभेम्बरसम्म नेपालको टुर गर्ने भएको हो ।
यसक्रममा काठमाडौंका साथै पोखरामा समेत क्रिकेट खेल्ने तय भएको छ । एमसीसीको टोलीले नेपालको सिनियर टिमसँग तीन दिवसीय म्याच खेल्नेछ भने पोखरा र काठमाडौंमा टी-२० सिरिज र एक दिवसीय म्याच पनि खेल्ने तयारी छ ।






