खेलकुद

भलिबलको म्याट विछ्याएर घाईते खेलाडी प्रशिक्षणमा

पुरुष ह्याण्डबल टोली यतिबेला खासै प्रशिक्षणमा छैन् । प्रशिक्षणमा केवल ६ जना मात्रै छन् । बाँकी १० जना खेलाडी घाईते छन् । घाईते खेलाडी प्रशिक्षणमा अनुपस्थिति हुदाँ बाँकी ६ खेलाडीले प्रशिक्षण गर्दै आएका छन् । प्रशिक्षण पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कर्भड हलभित्र हुदैं आएको छ । झण्डै एक महिनादेखि प्रशिक्षण गर्दै आएको टोलीको एकसाता अघि मात्रै पूर्णरुपमा छनोट गरी बन्द प्रशिक्षणमा राखिएको हो । बन्द प्रशिक्षणका खेलाडी घाईते भएपनि समस्या थपिएको… पुरा पढौ

म्यानमारसँग फुटबल खेल्न नेपाली टिम कतार जादैं

नेपाली यू-२३ टिम म्यानमार यू-२३ टिमसँग मैत्रिपूर्ण फुटबल खेल्न मंगलबार बिहान कतार प्रस्थान गर्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीको रुपमा म्यानमारसँग मैत्रिपूर्ण खेल खेल्न लागेको नेपाली टिम मंगलबार कतारतर्फ प्रस्थान गर्ने जानकारी दिएको हो । नेपालले यही कात्तिक ८ गते शुक्रबार म्यानमारसँग कतारको दोहामा मैत्रिपूर्ण खेल खेल्दैछ । मैत्रिपूर्ण खेलको लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टिम सार्वजनिक गरिसकेका छन् ।यही मंसिरमा… पुरा पढौ

पोखरा प्रिमियर लिग कात्तिक २६ गतेदेखि, तयारी तीव्र

दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको तयारी तीव्र बनाइएको छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा क्रिकेटको फ्रेन्जाईज प्रतियोगिता यही कात्तिक अन्तिम साता अर्थात २६ गतेदेखि हुँदैछ । प्रतियोगिताका लागि यतिबेला मैदान बनाउने काम धमाधम भइरहेको छ । क्युरेटर प्रदिप राउतका अनुसार पिचको काम २ हप्तामा सकिनेछ । उनले आउट फिल्ड भन्दा पनि पहिला पिच बनाउने काम भइरहेको बताए । २ वटा पिच क्ले हुने र २ वटा पिच… पुरा पढौ

लुकाकु र लौटारोको दुई गोल

रोमेलु लुकाकु र लौटारो मार्टिनेजको दुई दुई गोल सहयोगमा इन्टर मिलानले इटालियन सिरि ‘ए’ फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ ।  आइतबार राति भएको खेलमा इन्टरले ससौलोलाई उसैको मैदानमा ४–३ गोलले हरायो । इन्टरको जितमा लुकाकुले ३८औं र ४५औं तथा लौटारोले खेल सुरु भएको दोस्रो र ७१औं मिनेटमा गोल गरेका थिए ।  ससौलोका लागि डोमेनिको बेरार्डीले १६औं, फिलिप ज्युरिसिक ७४औं र जेरेमी बोगले ८१औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो… पुरा पढौ

हारबाट जोगियो लिभरपुल

लिग लिडर लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु टिम म्यानचेस्टर युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको छ । लिभरपुलका लागि एडम लालनाले गोल गरे भने म्यानचेस्टर युनाइटेडका लागि मार्कुस रास्फोर्डले गोल गरे । खेलको ३६औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । योसँगै पहिलो हाफमा युनाइटेड १-० गोलले अघि रहेको थियो । तर खेलको ८५औं मिनेटमा लिभरपुलका लागि एडमले गोल गर्दै… पुरा पढौ

रोहित शर्माले तोडे ब्रेडम्यानको रेकर्ड

भारतीय ब्याट्सम्यान रोहित शर्माले सर डन ब्रेडम्यानको रेकर्ड तोड्न सफल भएका छन् । उनले घरेलु मैदानमा टेष्ट क्रिकेटको औसत ९९.८४ बनाउन सफल भएका छन् ।  रोहितले घरेलु मैदानमा १० भन्दा कम इनिङमा सबैभन्दा अधिक औसतको साथ रन बनाउने रेकर्ड बनाएका छन् । उनले अष्ट्रेलियाका सर्वकालीन महान् खेलाडी ब्रेडम्यानको रेकर्ड तोडेका हुन् ।  ब्रेडम्यानले सन् १९२८ देखि १९४८ को बीचमा घरेलु मैदानमा खेलेका ३३ टेष्टमा ९८.२२ को औसतमा ४३३२ रन बनाएका… पुरा पढौ

सन्दीप लामिछाने बने डेढ करोडपति

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने डेढ करोडपति भएका छन् । उनी एकै प्रतियोगिताबाट डेढ करोडपति बनेका हुन् । उनी इंगल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्नका लागि छानिएका हुन् ।  आइतबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सिबल्समा अनुबन्धित भएका छन् । दोस्रो चरणमा अनुबन्धित भएका सन्दीपले एक लाख पाउण्ड (करिब १ करोड ४६ लाख रुपैयाँ) पाउने छन् ।  यो सन्दीपको हालसम्मको उच्च… पुरा पढौ

सागका लागि बीच भलिबल मैदान निर्माण

नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ । आगामी मङ्सिर १५ गतेदेखि आयोजना हुने सो प्रतियोगितालाई लक्ष गरेर यहाँ बीच भलिबल खेलको पूर्वाधार निर्माण थालिएको हो । सागअन्तर्गत बीच भलिबलसहित नौ खेल पोखरामै खेलाइने भएको छ । बीच भलिबलको हाल भइरहेको एक कोर्टलाई स्तरोन्नति तथा थप तीन नयाँ कोर्ट निर्माण गरिने योजना छ । त्यसैगरी महिला तथा पुरुषको… पुरा पढौ

पोखरा-५ ले व्याडमिन्टन प्रतियोगिता गर्ने

पोखरा महानगरपालिका वडा समिति ५ को ५३ औं बैठकले शुभ दीपावलीको अवसरमा प्रथम वडास्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । यहि कात्तिक ८ देखि १० गतेसम्म हुने प्रतियोगितामा वडा नं. ५ वडावासी व्याडमिन्टन खेलाडी प्रतियोगी रहने छन् भने सूर्यचन्द्र विकास समाज व्यवस्थापन जिम्मेवारीमा रहने र प्रतियोगिताको संयोजकमा वडासदस्य उज्वल खत्री रहेका छन् । प्रथम, द्वितीय, तृतीय एवं वेष्ट प्लेयर र वेष्ट टिमलाई समेत नगद पुरस्कार एवं ट्रफी प्रदान… पुरा पढौ

म्यानचेस्टर सिटी विजयी

ग्याब्रियल जेससले ५०औं गोल पूरा गरेको खेलमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा २–० गोलले पराति गर्यो । सिटीका लागि ग्याब्रियल जेसस र डेभिड सिल्भाले गोल गरे । सिटीले ३९औं मिनेटमा जेससको गोलबाट अग्रता लिएको थियो । सन् २०१७ मा ब्राजिलियन क्लब पाल्मेरसबाट सिटी आएका जेससको यो टोलीका लागि ५०औं गोल हो । उनले एक सय १०… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं