म्यानमारसँग फुटबल खेल्न नेपाली टिम कतार जादैं

नेपाली यू-२३ टिम म्यानमार यू-२३ टिमसँग मैत्रिपूर्ण फुटबल खेल्न मंगलबार बिहान कतार प्रस्थान गर्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीको रुपमा म्यानमारसँग मैत्रिपूर्ण खेल खेल्न लागेको नेपाली टिम मंगलबार कतारतर्फ प्रस्थान गर्ने जानकारी दिएको हो ।

नेपालले यही कात्तिक ८ गते शुक्रबार म्यानमारसँग कतारको दोहामा मैत्रिपूर्ण खेल खेल्दैछ ।
मैत्रिपूर्ण खेलको लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टिम सार्वजनिक गरिसकेका छन् ।यही मंसिरमा नेपालमा आयोजना हुने १३औं साग खेलकुद प्रतियोगिताको लागि मुख्य लक्ष्य गर्दै यो मैत्रिपूर्ण खेलको आयोजना गरिएको हो ।