पोखरा महानगरपालिका वडा समिति ५ को ५३ औं बैठकले शुभ दीपावलीको अवसरमा प्रथम वडास्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
यहि कात्तिक ८ देखि १० गतेसम्म हुने प्रतियोगितामा वडा नं. ५ वडावासी व्याडमिन्टन खेलाडी प्रतियोगी रहने छन् भने सूर्यचन्द्र विकास समाज व्यवस्थापन जिम्मेवारीमा रहने र प्रतियोगिताको संयोजकमा वडासदस्य उज्वल खत्री रहेका छन् ।
प्रथम, द्वितीय, तृतीय एवं वेष्ट प्लेयर र वेष्ट टिमलाई समेत नगद पुरस्कार एवं ट्रफी प्रदान गरिने छ ।
रविन्द्र स्मृति बाटिकाको व्याडमिन्टन कोर्टमा हुने प्रतियोगिताले व्याडमिन्टन खेल प्रति उत्साह जगाउने र नवोदित खेलाडीलाई खेल जगतमा स्थापित गर्ने वडा अध्यक्ष धनबहादुर नेपालीले बताए ।




