सागका लागि ह्यान्डबल खेलाडी छनोट

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगिताका लागि ह्यान्डबल खेलाडीको छनोट गरिएको छ ।

सागको लागि प्रशिक्षणमा रहेका खेलाडीबाट पुरुष र महिलातर्फ १६–१६ जना खेलाडी छनोट गरिएको नेपाल ह्यान्डबल संघले जनाएको छ ।

छनोट भएका खेलाडीहरुमा पुरुषतर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपकसिंह बोहोरा, सन्दीप कार्की, रणसिंह रावत, इन्द्रनारायण चौधरी, मदनचुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव बिष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन् ।

यसैगरी महिलामा बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पनावली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा छन् ।

छनोट समितीले  पुरुष र महिलातर्फ ५–५ जना वैकल्पिक खेलाडीलाई पनि समावेश गरेको छ ।

महिलातर्फ बैकल्पिक खेलाडीमा जिना राई, साधना वम, विष्णा बोगटी, देबी श्रेष्ठ र मञ्जु राउत छन् ।  पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल रहेका छन् ।

पहिलो चरणमा २८–२८ जना र दोस्रो चरणमा २२–२२ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका थिए । दोश्रो चरणको करिब १ महिनाको वन्द प्रशिक्षण पछि १६–१६ जना खेलाडी अन्तिम चरणका लागि छनोट भएका हुन् । छनोट भएका खेलाडीले १३ औं साग अन्तर्गत ह्याण्डबल प्रतिष्पर्धामा उत्रनेछन् ।

छनोट समितिमा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष जीवन बस्नेत, नेपाल ह्याण्डबल संघका सचिव केशव पाठक, विदेशी प्रशिक्षक (पोर्चुगल) जोआ फ्लोरेन्सियो, ह्याण्डवलका मुख्य प्रशिक्षक एवम तालिम तथा प्रशिक्षण विभाग राखेपका उप–निर्देशक हिमालराज दहाल र बरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण थिए ।

कार्यक्रममा संघका अध्यक्ष एवं नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले खेलाडीले अनुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले सागमा सबै खेलाडीले राष्ट्रको गरिमालाई माथि उठाउने गरि खेल प्रस्तुत गर्न आग्रह गरे ।