खेलकुद

टेनिसमा थोमसको विजयी शुरुआत

लामा ब्रदर्स पोखराको आयोजनामा लेकसाइडको गुरुङ भिलेज टेनिस कोर्टमा जारी ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगितामा विदेशी खेलाडी थोमसले विजयी शुरुआत गरेका छन् । जर्मनी खेलाडी थोमसले पोखराका राजेन्द्र घिमिरेमाथि ६–१, ६–१ को जित दर्ता गराउँदै प्रतियोगितामा आफ्नो बलियो दाबेदारी समेत प्रस्तुत गरे । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्य खेलमा सुनिल श्रेष्ठले विष्णु गुरुङलाई ६–४, ६–१ ले, हुम आलेले शम्भु गुरुङलाई ६–२, ४–६ र सुपरटाईमा १०–७ ले पराजित गरे ।… पुरा पढौ

महिला क्रिकेटको उद्घाटन, खेलमा नेपाल र चीनको प्रतिष्पर्धा

भोली शनिबारदेखि आगामी माघ ५ गतेसम्म थाइल्याण्डमा आयोजना हुन लागेको महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले चीनसंग प्रतिष्पर्धा गर्ने भएको छ । १० टोलीको सहभागिता रहने प्रतियोगितमा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स  (युएई) , मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यान्मार छन् । नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग,… पुरा पढौ

बीबीए कलेजस्तरीय फुटबलको उपाधि भक्तपुर बहुमुखी क्याम्पसलाई

भक्तपुर बहुमुखी क्याम्पसले नेपाल कर्मस क्याम्पसलाई १–० गोलले पराजित गर्दै आठौं सस्करणको बीबीए कप कलेजस्तरीय फुटबल प्रतियोगिताको उपाधि  जितेको छ । ३२ औं मिनेटमा सुविन बोगटीले गरेको गोल निर्णायक हुदाँ भक्तपुरलाई उपाधि उचाल्न पर्याप्त बन्यो । नेपाल कर्मस क्याम्पस काठमाडौं भने उपविजेतमै चिक्त बुझायो । सातौं सस्करणको विजेता जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा गत १८ गतदेखि लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा नेपालका बीबीए अध्ययन गराउने १७ कलेजको सहभागिता रहेको… पुरा पढौ

साताभित्रै पोखरा फुटबल स्टेडियमको काम सुरु हुने

मंगलबारदेखि फुटबल स्टेडियम निर्माणको जिम्मा पाएको भारतीय ग्रेट स्र्पोटस कन्स्ट्रक्सन र नेपाली कम्पनी एम.ए कन्स्ट्रक्सन संयुक्त(जे.भी)ले पोखरा रंगशाला फुटबल मैदानको सर्भे शुरु गरेको छ । एकसाताभित्र सर्भेबाट प्राप्त नक्सांकन अनुसार पोखरा रंगशाला फुटबल स्टेडियमको काम शुरु गरिने कम्पनीले जनाएको छ । ‘सर्भे शुरु गर्यौं । एकहप्ताभित्रमा सर्भेको रिपोर्ट आएपछि ‘लेबर वर्क ’ शुरु गर्छौ ।’ एम.ए कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर हरिबावु न्यौपानले भने–‘मैदान मात्रै नभई पुरै रंगशालाकै सर्भे गर्नुपर्ने जरुरी देखियो… पुरा पढौ

आजदेखि ल्होसार कप ओपन टेनिस

लामा ब्रदर्स पोखराको आयोजनामा लेकसाइडमा ‘लोछार कप पोखरा ओपन टेनिस प्रतियोगिता’ हुने भएको छ । तामाङको पर्व सोनाम लोसारको अवसरमा बिहीबारदेखि सुरु हुने प्रतियोगिता गुरुङ भिलेज टेनिस कोर्टमा सञ्चालन हुनेछ । १ सातासम्म चल्ने प्रतियोगितामा १ विदेशीसहित पोखराका २७ खेलाडी उपाधिका लागि भिड्ने छन् । जर्मनका थोमसले पनि प्रतियोगितामा सहभागिता जनाएका हुन् । प्रतियोगितामा विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने बताइएको छ । लामा ब्रदर्सका सदस्यहरु वीरेन्द्र लामा,… पुरा पढौ

घलेलमा ल्होछार उत्सब, धम्पुसको मिलन युवालाई भलिबलको उपाधि

कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ (माछापूच्छ्रे गाउँपालिका ८÷९)घलेलमा आयोजित गाउँपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मिलन युवा क्लब धम्पुुसले जितेको छ । फाईनल खेलमा आयोजक बौद्ध सिर्जना युवा क्लब “क”लाई २५–२२, २६–२४ र २५–१९ को सोझो सेटले पराजित गर्दै मिलन युवा क्लब धम्पुसले उपाधि जितेको हो । उपाधिसँगै मिलन युवा क्लब धम्पुुसले शिल्ड, मेडल, तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त गर्‍यो भने उपबिजेता आयोजक टिम “क” (बौद्ध सिर्जना… पुरा पढौ

आहा रारा गोल्डकपको उत्कृष्ठ विधाका ट्रफी सार्वजनिक

पआगामी फागुन ९ गतेदेखि सञ्चालन हुने आहा रारा गोल्डकपको १७ औं सस्करणको फुटबल प्रतियोगिताको लागि विभिन्न विधाका ट्रफीहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । सहारा युकेले प्रायोजन गरेको ट्रफीलाई सार्वजनिक गरिएको हो । पदक तथा उत्कृष्ठ खेलाडी एवं उत्कृष्ठ विधाका खेलाडीहरुलाई सहारा युकेले ट्रफीको विगतका झैं यो वर्ष पनि प्रायोजन गरेको हो । अफिसियललाई समेत मायाको चिनो प्रदान गर्दै आएको छ । फागुन ९ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा आयोजक सहारा… पुरा पढौ

फुटबल स्टेडियम बनाउन ग्रेट स्पोर्टससँग सम्झौता

लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको लागि सम्झौता गरिएको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग फुटबल स्टेडियम निर्माणको लागि सम्झौता गरिएको हो । ‘सम्झौताको लागि आह्वान गर्न आसयपत्र प्रकाशित गरेपछि कम्पनीसँग सम्झौता भएको हो ।’ राष्ट्रिय खेलकुद परिषदका पुर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले भने–‘सम्झौता भईसकेको छ । अब कम्पनीले फिल्ड भिजिट गरेपछि काम शुरु गर्ने छ ।’ कम्पनीका पदाधिकारीहरु… पुरा पढौ

राष्ट्रिय महिला भलिबल पुस २५ बाट

न्यू डायमन्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ । यही पुस २५ गतेदेखि हुने उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ३ विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब क्लबसहित न्यु डायमन्ड एकेडेमी, टप्स मावि पोखरा, पारामाउन्ट स्कुल, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवन… पुरा पढौ

देहरादुनमा नेपाललाई ५ स्वर्ण र एक रजत

नेपाल सोतोकान कराते एसकेडियुएनले भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तराष्ट्रिय ईन्डो सोतोकान कराते च्याम्पियनसिपमा ५ स्वर्ण र एक रजत प्राप्त गरेको छ । नेपाल सोतोकान कराते संघका महासचिव एवं बरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्रि गोविन्द श्रेष्ठका अनुसार राम नारायणले २१ बर्षको ४५ – ५० केजी तौलमा काता र कुमिते तर्फ स्वर्ण पदक हात पारेका हुन् । यस्तै गिता सुनुवारले काता र कुमिते दुवैमा स्वर्ण तथा सुरज बि.क.ले कुमितेमा स्वर्ण तथा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं