टेनिसमा थोमसको विजयी शुरुआत

लामा ब्रदर्स पोखराको आयोजनामा लेकसाइडको गुरुङ भिलेज टेनिस कोर्टमा जारी ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगितामा विदेशी खेलाडी थोमसले विजयी शुरुआत गरेका छन् । जर्मनी खेलाडी थोमसले पोखराका राजेन्द्र घिमिरेमाथि ६–१, ६–१ को जित दर्ता गराउँदै प्रतियोगितामा आफ्नो बलियो दाबेदारी समेत प्रस्तुत गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्य खेलमा सुनिल श्रेष्ठले विष्णु गुरुङलाई ६–४, ६–१ ले, हुम आलेले शम्भु गुरुङलाई ६–२, ४–६ र सुपरटाईमा १०–७ ले पराजित गरे । विकास गुरुङले प्रकास वाग्लेलाई ६–१, ६–३ र डिएस लामिछानेले लोक गुरुङलाई ६–३, ६–४ ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए ।