आहा रारा गोल्डकपको उत्कृष्ठ विधाका ट्रफी सार्वजनिक

आगामी फागुन ९ गतेदेखि सञ्चालन हुने आहा रारा गोल्डकपको १७ औं सस्करणको फुटबल प्रतियोगिताको लागि विभिन्न विधाका ट्रफीहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । सहारा युकेले प्रायोजन गरेको ट्रफीलाई सार्वजनिक गरिएको हो ।

पदक तथा उत्कृष्ठ खेलाडी एवं उत्कृष्ठ विधाका खेलाडीहरुलाई सहारा युकेले ट्रफीको विगतका झैं यो वर्ष पनि प्रायोजन गरेको हो ।

अफिसियललाई समेत मायाको चिनो प्रदान गर्दै आएको छ । फागुन ९ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा आयोजक सहारा क्लबसहित ए डिभिजनका उत्कृष्ठ क्लब, विदेशी टोली गरी १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितालाई आहा रारा चाउचाउको उत्पादन हिमश्री फुड्सले मुख्य प्रायोजन गर्दै आएको छ ।

source: kheladinews