आजदेखि ल्होसार कप ओपन टेनिस

लामा ब्रदर्स पोखराको आयोजनामा लेकसाइडमा ‘लोछार कप पोखरा ओपन टेनिस प्रतियोगिता’ हुने भएको छ । तामाङको पर्व सोनाम लोसारको अवसरमा बिहीबारदेखि सुरु हुने प्रतियोगिता गुरुङ भिलेज टेनिस कोर्टमा सञ्चालन हुनेछ ।

१ सातासम्म चल्ने प्रतियोगितामा १ विदेशीसहित पोखराका २७ खेलाडी उपाधिका लागि भिड्ने छन् । जर्मनका थोमसले पनि प्रतियोगितामा सहभागिता जनाएका हुन् । प्रतियोगितामा विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने बताइएको छ । लामा ब्रदर्सका सदस्यहरु वीरेन्द्र लामा, केबी लामा र लक्ष्मण लामाको सक्रियतामा प्रतियोगिता आयोजना भएको हो ।

लोसारको अवसरमा शुभकामना साटासाटसँगै टेनिस खेलको विकास र प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक वीरेन्द्र लामाले जानकारी दिए । बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले बिहीबार बिहान प्रतियोगिता उद्घाटन गर्ने छन् ।