महिला क्रिकेटको उद्घाटन, खेलमा नेपाल र चीनको प्रतिष्पर्धा

भोली शनिबारदेखि आगामी माघ ५ गतेसम्म थाइल्याण्डमा आयोजना हुन लागेको महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले चीनसंग प्रतिष्पर्धा गर्ने भएको छ ।

१० टोलीको सहभागिता रहने प्रतियोगितमा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स  (युएई) , मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यान्मार छन् ।

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।नेपाली टोलीमा कप्तानमा रुविना क्षेत्री रहेकी छिन् । उपकप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छिन् । त्यसैगरी टोलीको अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा छन् ।

अन्य खेलाडीमा त्यस्तै इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर छन् । वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई छन् । टोलीको प्रशिक्षक भने चर्चित खेलाडी विनोद दास रहेका छन् ।