बीबीए कलेजस्तरीय फुटबलको उपाधि भक्तपुर बहुमुखी क्याम्पसलाई

भक्तपुर बहुमुखी क्याम्पसले नेपाल कर्मस क्याम्पसलाई १–० गोलले पराजित गर्दै आठौं सस्करणको बीबीए कप कलेजस्तरीय फुटबल प्रतियोगिताको उपाधि  जितेको छ । ३२ औं मिनेटमा सुविन बोगटीले गरेको गोल निर्णायक हुदाँ भक्तपुरलाई उपाधि उचाल्न पर्याप्त बन्यो । नेपाल कर्मस क्याम्पस काठमाडौं भने उपविजेतमै चिक्त बुझायो ।

सातौं सस्करणको विजेता जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा गत १८ गतदेखि लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा नेपालका बीबीए अध्ययन गराउने १७ कलेजको सहभागिता रहेको थियो । विजेता भक्तपुर बहुमुखी क्याम्पसले नगद ७५ हजारसहित च्याम्पियन ट्रफी उचाल्यो । उपविजेता बनेको नेपाल कमर्स क्याम्पसले भने ३५ हजार रुपैयाँ पुरस्कार राशी पायो ।

प्रतियोगितामा बेष्ट गोलकिपरको पुरस्कार भक्तपुरका अनिष थापा घोषित हुदाँ उनले उत्कृष्ठ खेलाडीको पुरस्कार समेत थापे । बेष्ट गोलकिपर हुदैै नगद दुईहजार पाउँदा उत्कृष्ठ खेलाडीको पुरस्कार स्वरुप नगद पाँच हजार थापे । बेष्ट डिफेन्सबाट भक्तपुरकै रविन दंगाल घोषित भए । बेष्ट मिडफिल्डरबाट भक्तपुरकै विनय श्रेष्ठ घोषित हुदाँ बेष्ट स्ट्राईकरको पुरस्कार भने नेपाल कर्मस क्याम्पसका विकास कार्की घोषित भए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार महेन्द्रमोरंग आदर्श बहुमुखी क्याम्पस रोशन तामाङले पाए । उनले प्रतियोगिता अवधिमा चार गोल हिर्काएका थिए । फेयर प्ले(अनुसाशित टोली) टिमको पुरस्कार महेन्द्रमोरङ आर्दश बहुमुखी क्याम्पस घोषित भए । सम्मान स्वरुप नगद १० हजार(प्रतियोगितामा सहभागितको प्रवेश शुल्क) प्राप्त प्रचारप्रसार संयोजक प्रज्वल दाहालले बताए ।

ओम डेभलपमेन्ट बैंंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा पोखराको जनप्रिय बहुमुखी क्याम्पस तथा पृथ्वीनारायण क्याम्पसको सहभागिता रहेको छ । भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, के एण्ड के इन्टरनेशनल कलेज काठमाडौं, कान्तिपुर कलेज अफ म्यानेमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजी, काठमाडौं, काथफोर्ड इन्टरनेशनल कलेज काठमाडौं, महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस विराटनगर, नेपाल कर्मस क्याम्पस काठमाडौं, पिपुल्स क्याम्पस काठमाडौं, पृथ्वीनारायण क्याम्पस पोखरा, प्राईम क्याम्पस काठमाडौं, पब्लिक युथ क्याम्पस काठमाडौं, सैनिक आवासिय महाविद्यालय भक्तपुर, शंकरदेव क्याम्पस काठमाडौं, पाटन बहुमुखी क्याम्पस ललितपुर, बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, महेन्द्र बहुखुी क्याम्पस धरान र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले सहभागिता रहेको प्रतियोगिताका प्रचारप्रसार संयोजक दाहालले बताए ।

विजेता खेलाडीहरुलाई ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, आयोजक जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिरन्जी गौतम, क्याम्पसका स्ववियु सभापति आशिक गुरुङ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । उपाधि विजेता भक्तपुर बहुमुखी क्याम्पसले नवौं सस्करणको प्रतियोगिता आयोजना गर्ने प्रचारप्रसार संयोजक दाहालले बताए । उनका अनुसार विजेताले नै प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी रहन्छ ।

source : kheladinews.com