समाज

जिप पल्टिँदा सहचालकको मृत्यु

कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा भएको जिप दुर्घटनामा आज बिहान एक युवकको मृत्यु भएको छ। लु१ज ४१७५ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको हो । जिप चालक भने फरार भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए। पुरा पढौ

दाइजो लिन नमान्ने बेहुलालाई एक लाखको किताब उपहार

भारतमा दाइजो ठूलै सामाजिक समस्याका रुपमा रहेको छ । मागे जति दाइजो नपाए श्रीमान वा श्रीमानको परिवारले श्रीमतीको हत्या गरेको समाचार आइरहन्छ । तर, पश्चिम बंगालका एक जोडीले भने समाजलाई नयाँ पाठ पढाएका छन् ।  ३० वर्षे विद्यालय शिक्षक सूर्यकान्त बारिकले विवाहको कुरा चल्न साथै दाइजो लिन अस्वीकार गरे । बेहुली पक्षले निकै जोड गरे पनि उनी आफ्नो निर्णयबाट विचलित भएनन् । दाइजो नलिने आफ्नो निर्णयमा अडिग रहे । उनको… पुरा पढौ

पन्त समाज कास्कीमा पुनः उपेन्द्रराज

पन्त समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको अध्यक्षमा पुनः उपेन्द्रराज पन्त चयन भएका छन् । समाजको शनिबार भएको चौथो अधिवेशनबाट पन्त अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समाजको उपाध्यक्षमा कृष्ण प्रसाद पन्त, द्धितीय उपाध्यक्षमा सोमराज पन्त, सचिवमा रमेश पन्त, सहसचिवमा निरज पन्त र कोषाध्यक्षमा शालिकराम पन्त चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा पुष्पा पन्त, खगेश्वर पन्त, शंकर पन्त, राजन पन्त, विनु पन्त, सुमित्रा पन्त र भगवती पन्त छन् । ठाकुर… पुरा पढौ

समाजिक अभियान्ता अनिलको पहलमा मृगौला पिडितलाई आर्थिक रकम सहयोग

सहकार्य र सहयोजनामा गरिएको सामुहिक कार्यले सकरात्मक परिणाम अवश्य पनि पाउन सकिन्छ भन्ने उदाहरण "मगरसंसार फोटो ग्यालेरी पेज" र "मगर संसार फोटो ग्यालेरी ग्रुप पेज" ले प्रमाणित गरेको छ । विगत दुई बर्ष देखि दुबै मृगौलाले काम गर्न छाडेपछि मासिक एक लाख खर्च गरेर उपचार गराउदै आएकी कल्पना पुनमगरलाई समाजिक अभियान्ता अनिल थापामगरको मुख्य सक्रियतामा विभिन्न देशबाट संकलन गरिएको उक्त रकम कल्पनालाई सहयोग गरिएको छ । सामाजिक अभियान्ता तथा मगर… पुरा पढौ

भनेजति दाइजो नपाएपछि मण्डपबाटै हिँडे बेहुला

मागे जति दाइजो नपाएको भन्दै विवाह मण्डपबाट बेहुला उठेर हिँडेका छन्। मोरङको जहदा गाउपालिकाकी २१ बर्षीय युवतीसँग परम्परागत विवाह गर्न मण्डपमा बसेका जहदा गाउपालिकाकै वडा नं ४ का २४ वर्षीय लक्ष्मण राजबंशी भने बमोजिमको दाईजो नदिएको भन्दै यसरी हिँडेका हुन्। दुवै पक्षका परिवारबिच कुराकानी भएर जेठ ४ गते विवाह भइरहेको थियो। विवाहमा लक्ष्मणले थप मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेबल माग गरेका थिए। गरिब भएकाले ती सामग्री दिन नसक्ने बेहुली… पुरा पढौ

गण्डकी प्रदेशका विभिन्न जिल्लाका खानेपानी आयोजनाहरुको अनुगमन

पालुङ्टार ४ गोरखामा संचालित वोहोरागाउँ ग्रामिण खानेपानी उपभोत्ता समितिका पदाधिकारीहरुले विभिन्न खानेपानी आयोजनाहरुको अनुगमन गरेको छ । उक्त समितिका पदाधिकारी सहित अनुगमन तथा मुल्यांकन समिति र खानेपानी आयोजनामा कार्यरत प्राविधिकहरुले गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका सफल खानेपानी आयोजनाहरुको अध्यायन अनुगमन भ्रमण गरेको हो । समितिका अध्यक्ष सरोज देवकोटाको नेतृत्वमा हिँडेको उक्त टोलीले तनहुँको आवुँखैरेनी खानेपानी आयोजना र नवलपुर स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको अध्यायन अवलोकन गरेको छ ।… पुरा पढौ

त्रिदिवसीय जेसीस वीकइण्ड हुँदै

पोखरा जेसीसले यसवर्षको जेसीस वीकइण्डको तयारीलाई तीव्र बनाएको छ । जेसीस वीकइण्ड तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रम यही जेठ १० गतेदेखि १२ गतेसम्म त्रिदिवसीय रुपमा गरिने बुधबार पोखरामा पत्रकार सम्मेलनमा जानकारी दिइयो । बर्ष २०१९ को ‘सकारात्मक प्रभावका लागि एकता भन्ने उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम अन्तर्गत कार्यशाला गोष्ठी, निःशुल्क स्वास्थ्य शिविर, असल अभिभावकत्व विषयक परामर्श कार्यक्रम आयोजना गरेर ‘जेसीस वीकइण्ड’ मनाइने कार्यक्रम मूलसंयोजक मोहनप्रसाद अधिकारीले जानकारी… पुरा पढौ

बिहे हुन ८ दिन अगाडी दुलाहाले किन गरे आत्महत्या ?

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७, मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनु ८ दिन अगाडी एक जना युवाले आत्महत्या गरेका छन् । आउँदो जेठ १५ गते विवाह हुन लागेका भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन्। उनको शव घरभन्दा ५ सय मिटर परको जङ्गलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो। यही जेठ १५ गते छिमेकी गाउँ औरही नगरपालिका–७ मा जन्ती जाने तय भएता पनि महराको शव फेला… पुरा पढौ

बलात्कार आरोपमा पक्राउ परेका किशोर अस्पतालबाटै फरार

जबरजस्ती करणी आरोपमा पक्राउ परेका एक किशोर मेडिकल चेक जाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका छन्। महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरासतमा रहेका १६ वर्षीय किशोर पदम श्रेष्ठ मंगलबार वीर अस्पताल लगिएको थियो। जाँचका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर भागेका हुन्। स्रोतका अनुसार उनीसहित २ जना १५ वर्षीय एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउ परेका अर्का व्यक्ति भने प्रहरी हिरासतमै छन्। फरार श्रेष्ठको खोजी भइरहेको प्रहरीले… पुरा पढौ

नर्थद्धारा स्थानियबासीलाई खानेपानीे पाईप सहयोग

लायन्स क्लव अफ पोखरा नर्थले कास्कीको माछापुच्छ गाँउपालिका ५ रिभानमा खानेपानीको पाइप सहयोग गरेको छ । गतबर्षको पहिरोले खानेपानी अवरुद्ध हुदा समस्यामा रहेका स्थानियबासीलाई सहजखानेपानी आपुर्ति गर्न नर्थले सहयोग गरेको हो । क्लबका अध्यक्ष बिनोदप्रसाद त्रिपाठी क्लवले विगतमा स्वास्थ शिविर, ह्विल चेयर बितरण कार्यक्रम, बृक्षारोपण कार्यक्रम, न्यानो कपडा बितरण कार्यक्रम लगाएतका कार्यक्रम गरेको स्मरण गर्दै स्थानियको माग अनुशार पहिलो चरणमा वडा कार्यलयमा २०० मिटर पाइप सहयोग गरेको बताए । कार्यक्रममा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं