नर्थद्धारा स्थानियबासीलाई खानेपानीे पाईप सहयोग

लायन्स क्लव अफ पोखरा नर्थले कास्कीको माछापुच्छ गाँउपालिका ५ रिभानमा खानेपानीको पाइप सहयोग गरेको छ ।

गतबर्षको पहिरोले खानेपानी अवरुद्ध हुदा समस्यामा रहेका स्थानियबासीलाई सहजखानेपानी आपुर्ति गर्न नर्थले सहयोग गरेको हो ।

क्लबका अध्यक्ष बिनोदप्रसाद त्रिपाठी क्लवले विगतमा स्वास्थ शिविर, ह्विल चेयर बितरण कार्यक्रम, बृक्षारोपण कार्यक्रम, न्यानो कपडा बितरण कार्यक्रम लगाएतका कार्यक्रम गरेको स्मरण गर्दै स्थानियको माग अनुशार पहिलो चरणमा वडा कार्यलयमा २०० मिटर पाइप सहयोग गरेको बताए ।

कार्यक्रममा लायन्स क्लबका रिजन चेयरपर्सन मोतिराज तिम्सिनाले मानविय सेवामा समर्पित विश्बकै सबैभन्दा ठुलो सामाजिक संस्था लायन्स क्लवले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

सोहि अवसरमा वडा अध्यक्ष जुम बहादुर गुरुङले विकासमा राज्य, सामाजिक संस्था, स्थानिय जनता लगाएत सबैको महत्वपूर्ण भुमिका हुने बताए ।