बलात्कार आरोपमा पक्राउ परेका किशोर अस्पतालबाटै फरार

जबरजस्ती करणी आरोपमा पक्राउ परेका एक किशोर मेडिकल चेक जाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका छन्।

महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरासतमा रहेका १६ वर्षीय किशोर पदम श्रेष्ठ मंगलबार वीर अस्पताल लगिएको थियो। जाँचका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर भागेका हुन्।

स्रोतका अनुसार उनीसहित २ जना १५ वर्षीय एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउ परेका अर्का व्यक्ति भने प्रहरी हिरासतमै छन्। फरार श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।