मागे जति दाइजो नपाएको भन्दै विवाह मण्डपबाट बेहुला उठेर हिँडेका छन्। मोरङको जहदा गाउपालिकाकी २१ बर्षीय युवतीसँग परम्परागत विवाह गर्न मण्डपमा बसेका जहदा गाउपालिकाकै वडा नं ४ का २४ वर्षीय लक्ष्मण राजबंशी भने बमोजिमको दाईजो नदिएको भन्दै यसरी हिँडेका हुन्।
दुवै पक्षका परिवारबिच कुराकानी भएर जेठ ४ गते विवाह भइरहेको थियो। विवाहमा लक्ष्मणले थप मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेबल माग गरेका थिए। गरिब भएकाले ती सामग्री दिन नसक्ने बेहुली पक्षले जनाएपछि बेहुला मण्डप छाडेर हिडेका हुन् ।
लक्ष्मणलार्य प्रहरीले पक्राउ गरी मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसूर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ।




