ताजा समाचार

जेठ १२ गते २०७६

जिप पल्टिँदा सहचालकको मृत्यु

कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा भएको जिप दुर्घटनामा आज बिहान एक युवकको मृत्यु भएको छ।

लु१ज ४१७५ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको हो ।

जिप चालक भने फरार भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए।