पन्त समाज कास्कीमा पुनः उपेन्द्रराज

पन्त समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको अध्यक्षमा पुनः उपेन्द्रराज पन्त चयन भएका छन् । समाजको शनिबार भएको चौथो अधिवेशनबाट पन्त अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समाजको उपाध्यक्षमा कृष्ण प्रसाद पन्त, द्धितीय उपाध्यक्षमा सोमराज पन्त, सचिवमा रमेश पन्त, सहसचिवमा निरज पन्त र कोषाध्यक्षमा शालिकराम पन्त चयन भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यमा पुष्पा पन्त, खगेश्वर पन्त, शंकर पन्त, राजन पन्त, विनु पन्त, सुमित्रा पन्त र भगवती पन्त छन् । ठाकुर प्रसाद पन्त संयोजक, कल्याण पन्त र सहीदा पन्त सदस्य रहेको निर्वाचन समितिले नयाँ समिति चयन गरेको हो ।

अधिवेशनको उद्घाटन गर्दै अधिवक्ता भूपनीधि पन्तले नेपालमा पन्तको इतिहास करिब ५ सय वर्षको रहेको भन्दै ती इतिहास संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
उनले पन्तहरु हरेक क्षेत्रमा इमान्दार र कर्तव्यनिष्ट रहेको उल्लेख गर्दै पन्तहरुबीच एकता आवश्यक रहेको उल्लेख गरे । खराव आचरण र विचार समाज ल्याउन नहुने भन्दै उनले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

समाजका अध्यक्ष उपेन्द्रराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कल्याण पन्त, भगवान पन्त, ठाकुर प्रसाद पन्त, बाबुरा पन्त, विक्रम पन्त, शंकर पन्त, लक्ष्मी प्रसाद पन्त, लगायतले बोलेका थिए ।

समाजका उपाध्यक्ष प्रभा पन्तले स्वागत गरेको कार्यक्रमको सञ्चालन रमेश पन्तले गरेका थिए भने सचिव दुर्गेषराज पन्त र कोषाध्यक्ष कृष्णराज पन्तले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा ज्येष्ठ नागरिकहरु रमा पन्त, लक्ष्मी प्रसाद पन्त, डीलकुमारी पन्त, तारानाथ पन्त, हितबहादुर पन्त, बेलकुमारी पन्त, लोकराज पन्त, मिश्री पन्त र निवर्तमान अध्यक्ष कल्याण पन्तलाई सम्मान गरिएको थियो ।

यस्तै यसवर्ष कक्षा १२ उत्तीर्ण गर्न सफल मुस्कान पन्तलाई पुरस्कार प्रदान गरिएको थियो भने दुर्घटनामा घाइते भइ उपचाररत मंगल पन्तलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको थियो ।