समाज

साँघुमुख महेन्द्रपुलका व्यवसायीलाई कर तथा वित्तीय साक्षरता शिक्षा

पोखराको साँघुमुख महेन्द्रपुल क्षेत्रका १ सय ५० व्यवसायीलाई कर तथा वित्तीय साक्षरता शिक्षा प्रदान गरिएको छ । एनसआइसी एशिया बैंकको व्यवस्थापनमा साँघुमुख महेन्द्रपुल बजार समितिले सो क्षेत्रका व्यवसायीलाई उक्त प्रशिक्षण दिएको । कार्यक्रममा चाटर्ड एकाउन्टेन्ट उभेक कुमार श्रेष्ठले सरकारले नयाँ बजेटसंगै जारी गरेका नयाँ कर नीति बारे र एनआइसी एसिया बैंकका उत्सव घिमिरे र विवेक श्रेष्ठले बैंक र बैंकसंग कारोबार गर्ने तरिका र फाइदा बारे प्रशिक्षण दिएका थिए । कार्यक्रम… पुरा पढौ

मनाङका पत्रकार लामिछाने उत्कृष्ट संम्वाददाता

विगत ३ वर्ष देखि पत्रकारितामा समर्पित मनाङका क्रियाशिल यूवा पत्रकार नविन लामिछाने सम्मानित भएका छन् ।विगत ३ वर्षदेखि नेपाल टेलिभिजनमा संम्वाददाताको रुपमा काम गर्दै आईरहेका उनलाई नेपाल टेलिभिजनले गण्डकी प्रदेशकै उत्कृष्ट संम्वाददाताको रुपमा शुक्रवार संम्मान ग¥यो । उनीसंगै अरु प्रदेशका ७ पत्रकार सम्मान भए । लामिछाने हिमाली जिल्ला मनाङमा रही दुरदराजका खोजमुलक समाचार संम्पे्रषण गथ्र्ये। विकट हिमालको हिउ चिसो ,पहाड र उकाली ÷ओराली छिचोल्दै मनाङका गतिविधि उजागर गथ्र्ये । उनको… पुरा पढौ

यस्तो पो रक्तदान कार्यक्रम !

पोखराको इतिहासमै पहिलो पटक ६ सय ३९ युनिट रगत संकलन भएको छ । लाहुरे तालिम सम्बन्धी प्रशिक्षण दिने संघसंस्थाको छाता संगठन नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनद्वारा आयोजित रक्तदानमा ६ सय ३९ जनाले रक्तदान गरेका हुन् । एशोसिएसनले हरेक वर्ष खुला रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यस वर्ष नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रीय समिति पोखराका अध्यक्ष गजबहादुर गुरुङको संयोजकत्वमा पोखराको अमरसिंह चोक र पोखरा रंगशाला गरी २ स्थानमा रक्तदान कार्यक्रमको… पुरा पढौ

विहे भएको २ महिनामा श्रीमानबिरुद्ध बलात्कार मुद्धा

धरानमा श्रीमतीले श्रीमानलाई जबरजस्ती करणीको मुद्धा हालेकी छिन् । बिवाह गरेको २ महिनामा नै एक महिलाले आफनो श्रीमानबिरुद्ध जबरजस्ती करणीको मुद्धा हालेकी हुन् । टेम्के मैयुङ गाँउपालिका भोजपुरकी एक १७ बर्षीया महिलाले श्रीमानबिरुद्ध जबरजस्ती करणीको मुद्धा हालेकी हुन् । उनको उजुरीसंगै प्रहरीले उनको श्रीमान युवराज कार्कीलाई प्रक्राउ गरेको छ । २१ बर्षीय श्रीमानले जबरजस्ती करणी गरेको भन्दै श्रीमतीले किटानी उजुरी दिएकी हुन् । उजुरीपछि महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… पुरा पढौ

७७ वर्षकाे उमेरमा सम्बन्धविच्छेद

श्रीमान् र श्रीमतीबीचको सम्बन्ध बिग्रिएको लामो समयपछि धनकुटाको एक राई दम्पतीले सम्बन्धविच्छेद गरेका छन् । जिल्ला अदालत धनकुटामा श्रीमतीले सम्बन्धविच्छेदको निवेदन आइतबार दिएपछि शहीदभूमि गाउँपालिका–३ का ७७ वर्षीय बर्मध्वज राई र उनकी श्रीमती ६० वर्षीया बर्मेश्वरी राईको सोमबार सम्बन्धविच्छेद भएको हो । उनीहरूको विहे २०३४ सालमा भएको थियो । विवाह भएको ४२ वर्षपछि राई दम्पतीले सम्बन्धविच्छेद गरेका हुन् । बर्मेश्वरीले दुई छोरीको लालन–पालनमा श्रीमान् बर्मध्वोजले सहयोग नगरेकोले विगत ३० वर्षदेखि… पुरा पढौ

बालविवाहलाई वैधानिकता दिन्छन् स्थानीय सरकार

हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ । उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिएका छनु ।सर्केगाड गाउँपालिका–८ का १५ वर्षीया सीता ऐडी र वर्ष १८ का पारस ऐडीबीच गत वैशाखमा परम्परागत विवाह भएको थियो । सो विवाहलाई वडाध्यक्ष रोकायाले वडा कार्यालयमा विवाह दर्ता गरी वैधानिक मान्यता दिएको स्थानीय स्वास्थ्य स्वयंसेविका… पुरा पढौ

नयाँ लायन्स सदस्यलाई लायनवाद सिकाइयो

पोखरा खुलेका नयाँ लायन्स क्लबलाई लायनवाद सम्बन्धी प्रशिक्षण दिइएको छ । लायन्स क्लब अफ पोखरा पिस सिटीद्वारा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका पढाउ अभियानका डिपार्टमेण्ट चिफ एवं पूर्व क्याविनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले लायनवाद सम्बन्धी आधारभूत बिषयमा सहजीकरण गरेका थिए । लायन्स क्लब अफ पोखरा पिस सिटीको स्पोनसरमा खोलिएको नयाँ क्लब पोखरा पिस प्यागोडाका सदस्यहरूलाई अर्यालले लायनवाद सम्बन्धी न्यूनतम आधारभूत कुरा बुझेर मात्र लायनवादमा लाग्न सुझाव दिए… पुरा पढौ

तीजको नाममा बढेका विकृति रोक्न माग

सामाजिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सरल र सभ्य तरिकाले मनाउने वातावरण बनाउन माग गर्दै नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । तीज आउनु महिना दिन अगाडिदेखि नै भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएकाले ज्ञापनपत्र बुझाइएको अभियानका संयोजक अञ्जु केसीले जानकारी दिइन् । ‘तीज भड्किलो पर्वको रुपमा स्थापित हुँदै गएको छ । यसले बोकेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरु विस्तारै गुम्दै गएका… पुरा पढौ

दिल्लीमा बाजुराकी बालिकाको बलात्कार प्रयासपछि हत्या

एक बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या भएको छ। पूर्वी दिल्लीको सक्‍कपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ। उनको घर बाजुराको बुढिगंगा नगरपालिका १ कुडी हो। उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्थिन् । शुक्रबारको दिन पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयासपछि हत्या भएको हो । भारतीय नागरिक बसिम अहमद उर्फ सनुले बालिकाको हत्या गरेको… पुरा पढौ

१४ वर्षकी बालिकाको पेटमा काकाको ८ महिने शिशु !

आफनै परिवारबाट अधिकांश बलात्कारका घटनाहरु भईरहेको तथ्याङ सार्वजनिक भईरहँदा सोलुखुम्बुमा पनि आफनै काकाबाट १४ वर्षीय बालिका बलात्कृत भएकीछिन् । ६ कक्षामा पढ्दै गरेकी बालिकालाई काकाले निरन्तर बलात्कार गर्दै आईरहेका थिए । खुम्बु पासाङल्हमु गाउँपालिका  २ लुक्लामा बस्दै आएका काकाले भतिजीलाई बलात्कार गरेसंगै बालिकाको पेटमा ८ महिनाको गर्भ समेत रहेको पाईएको छ । पीडित परिवारले छोरीको पेट बढ्दै गएपछि प्रहरीमा उजुरी दिएका थिए । पछि आफनै काकाले बलात्कार गरेको खुलासा भएपछि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं