विहे भएको २ महिनामा श्रीमानबिरुद्ध बलात्कार मुद्धा

धरानमा श्रीमतीले श्रीमानलाई जबरजस्ती करणीको मुद्धा हालेकी छिन् । बिवाह गरेको २ महिनामा नै एक महिलाले आफनो श्रीमानबिरुद्ध जबरजस्ती करणीको मुद्धा हालेकी हुन् ।

टेम्के मैयुङ गाँउपालिका भोजपुरकी एक १७ बर्षीया महिलाले श्रीमानबिरुद्ध जबरजस्ती करणीको मुद्धा हालेकी हुन् । उनको उजुरीसंगै प्रहरीले उनको श्रीमान युवराज कार्कीलाई प्रक्राउ गरेको छ । २१ बर्षीय श्रीमानले जबरजस्ती करणी गरेको भन्दै श्रीमतीले किटानी उजुरी दिएकी हुन् । उजुरीपछि महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गराईएको छ ।

गत बैशाख २७ मा उनीहरुबीच मागी बिवाह भएको थियो । घर भित्राएदेखि नै श्रीमानले आफुमाथि कुटपिट गर्दै जबरजस्ती करणी गरेको भन्दै उनले स्थानीय महिलाको सहयोगमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार कार्कीबिरुद्ध उजुरी दर्ता भएकोले आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाईएको बताए ।

यता श्रीमानबिरुद्ध उजुरी दिएपछि श्रीमती आफन्तको घरमा शरण लिएर बसेकीछिन् । यता श्रीमान कार्कीले भने श्रीमान श्रीमतीबीच सामान्य घर झगडा भने हुने गरेको तर स्थानीय महिलाहरुको उक्साटमा श्रीमतीले उजुरी दिएको बताएका छन् । नयाँ कानुन अनुसार श्रीमतीको इच्क्षा बिपरित यौन सम्बन्ध राखे त्यसलाई पनि बलात्कारको रुपमा हेरिने गरिन्छ । जसमा श्रीमानलाई ५ बर्षसम्मको जेल सजायँ हुने व्यवस्था रहेको छ ।