नयाँ लायन्स सदस्यलाई लायनवाद सिकाइयो

पोखरा खुलेका नयाँ लायन्स क्लबलाई लायनवाद सम्बन्धी प्रशिक्षण दिइएको छ । लायन्स क्लब अफ पोखरा पिस सिटीद्वारा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका पढाउ अभियानका डिपार्टमेण्ट चिफ एवं पूर्व क्याविनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले लायनवाद सम्बन्धी आधारभूत बिषयमा सहजीकरण गरेका थिए ।

लायन्स क्लब अफ पोखरा पिस सिटीको स्पोनसरमा खोलिएको नयाँ क्लब पोखरा पिस प्यागोडाका सदस्यहरूलाई अर्यालले लायनवाद सम्बन्धी न्यूनतम आधारभूत कुरा बुझेर मात्र लायनवादमा लाग्न सुझाव दिए ।

लायनवादमा लागेर के लिने भन्दा पनि समाजका लागि के दिने भन्ने सोंच राख्नुपर्ने उनले जोड दिए । प्रशिक्षणमा सहमागी नयाँ क्लब पिस प्यागोडा क्लबका अध्यक्ष अनिल खड्का, सचिव संगीता सुवेदी लगायतले लायनवाद सम्बन्धी जिज्ञासा राखेका थिए ।

लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष अर्जुन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका क्लस्टर २२ का क्लस्टर चिफ प्रशान्तराज धमला, क्लबका जोन चेयरपर्सन अमृतप्रसाद तिवारी, निवर्तमान अध्यक्ष हरिराम पराजुली, प्रथम उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव युवराज खनाल, कोषाध्यक्ष दीपेन्द्र चालिसे लगायत सहभागी थिए ।