मनाङका पत्रकार लामिछाने उत्कृष्ट संम्वाददाता

विगत ३ वर्ष देखि पत्रकारितामा समर्पित मनाङका क्रियाशिल यूवा पत्रकार नविन लामिछाने सम्मानित भएका छन् ।विगत ३ वर्षदेखि नेपाल टेलिभिजनमा संम्वाददाताको रुपमा काम गर्दै आईरहेका उनलाई नेपाल टेलिभिजनले गण्डकी प्रदेशकै उत्कृष्ट संम्वाददाताको रुपमा शुक्रवार संम्मान ग¥यो । उनीसंगै अरु प्रदेशका ७ पत्रकार सम्मान भए ।


लामिछाने हिमाली जिल्ला मनाङमा रही दुरदराजका खोजमुलक समाचार संम्पे्रषण गथ्र्ये। विकट हिमालको हिउ चिसो ,पहाड र उकाली ÷ओराली छिचोल्दै मनाङका गतिविधि उजागर गथ्र्ये । उनको योगदानको उच्चकदर गर्दै टेलिभिजनले लामिछानेलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि संञ्चारमन्त्री गोकुल बास्कोटा तथा नेपाल टेलिभजनका उच्च ब्यक्तिहरुले दोसल्ला र प्रमाणपत्रले सम्मान गरे ।
सम्मानपछि लामिछाने आफुले विकट जिल्लामा रहेर संञ्चारमा पू¥याएको योगदानको प्रतिफल टेलिभिजनबाट प्राप्त गरेको बताए । सहर केन्द्रित पत्रकारिता र दुरदराजको पत्रकारिता नितान्त फरक र चुनौतिपूर्ण हुने भन्दै पत्रकार लामिछानेले मनाङको प्राकृतिक सौन्दर्यता र त्यहाको रहनसहन र भोगाईलाई चित्रण गर्न पाउदा गौरान्गित महशुस भएको उल्लेख गरे । उनले विकट ठाउमा खर्चिएको मेहनत र साधनालाई ग्रहण गर्न पाएकोमा नेपाल टेलिभिजन परिवारप्रति आभार व्यक्त गरे ।

यूवा पत्रकार नविन लामिछाने


पत्रकार लामिछाने पत्रकार महासंघ मनाङको उपाध्यक्ष तथा एन टिभि र रासस संम्वाददाता हुन् ।