समाज

बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

किशोरी बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक प्रहरी जवान पक्राउ परेका छन्। प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका हुन्। स्थानीय १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप उनीमाथि छ। सप्तरी घर भएका प्रहरी जवान यादवले मंगलबार घाँस काट्न गएकी किशोरीलाई जंगलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ। यादवले जबर्जस्ती करणी गरिरहेका बेला किशोरीका बुबाले फेला पारेपछि घटना बाहिर आएको हो। यादवले यसअघि पनि ती… पुरा पढौ

पत्रिका ‘साहसी महिला’ को रकम एसिड पीडित संगीतालाई

एसिड आक्रमणपीडित संगीता मगरको अनुहारको सल्यक्रियाका लागि पर्यटन व्यवसायी महिला विष्णु गुरुङ ‘एकता’ ले पत्रिका बिक्री गरेर सहयोग रकम संकलन गर्न थालेकी छन् । मगर २०७१ साल फागुन १० गते ट्युशन पढ्ने क्रममा एसिड आक्रमणमा परेकी थिइन् । सन् २०१२ मा क्यालिफोर्नियामा गठित नेपाली वुमन ग्लोबल नेटवर्कको संस्थापक अध्यक्ष तथा लेकसाइडस्थित होटल दिदीको सञ्चालक गुरुङले आफूद्धारा प्रकाशित तथा सम्पादित ‘साहसी महिला’ द्वैवार्षिक पत्रिका बिक्रीको रकम पीडित मगरको अनुहार शल्यक्रियाका लागि… पुरा पढौ

जब आमा २ बच्चासहित नदीमा हाम फालिन्

नारायणी नदीमा हामफालेकी महिलाको उद्धार गरिएको छ। दुई बालबालिकाको भने मृत्यु भएको छ।  विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ। आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन्। आमा सुधा विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेको  जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। आमा स्वयंले दुवै… पुरा पढौ

महिला पर्यटन व्यवसायी मञ्चको साधारणसभा

पर्यटन क्षेत्रको विकासका लागि आतिथ्यता सत्कारसँगै पूर्वाधार विकासमा जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छन् । महिला पर्यटन व्यवसायी मञ्चको वार्षिक साधारणसभामा मन्त्री पुनले पर्यटकको अधिकारलाई हनन हुनेगरी बसपार्कमा पुगेर पर्यटकको हात समाएर तान्ने संस्कार तोड्नुपर्ने बताइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि संस्कारयुक्त आतिथ्यताको जरुरी औंल्याइन् । पर्यटन क्षेत्रमा महिलाको योगदान अतुलनीय रहेको तर आर्थिक रुपान्तरणसँग नजोडिएकाले महिलाको योगदान गौण बनिरहेको उनको भनाइ थियो । उनले… पुरा पढौ

किरिया बिदा अब ‘मृत्यु संस्कार बिदा’

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलका क्रममा समितिको आजको बैठकमा सांसदहरुले किरिया भन्ने शब्द कुनै एक धर्मसँग मात्र जोडिने भएकाले त्यसको सट्टा मृत्यु संस्कार राख्न सुझाव दिएका थिए । सांसदहरुले राष्ट्रसेवकका लागि बिदा अधिकार नभई सहुलियत भएकाले यसलाई सोहीअनुसार लिनुपर्ने धारणा… पुरा पढौ

पोउवासंघको टोली अष्ट्रेलिया भ्रमणमा

पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल अष्ट्रेलिया भ्रमणमा निस्किएको छ । साउन २२ गतेबाट भदौ १३ गतेसम्म हुने सो भ्रमण गण्डकी सरकारको आन्तरिक भ्रमण वर्ष, नेपाल सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षको प्रचार–प्रसार तथा अष्ट्रेलियाको निजी क्षेत्र एवं गैरआवासीय नेपालीसँग उद्योग/व्यवसायको क्षेत्रमा सहकार्यको सम्भावनाको खोजीमा केन्द्रित रहेको छ । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको नेतृत्वमा रहेको भ्रमण दललाई संघका अध्यक्ष दामु अधिकारीले मंगलबार बिदाई गरे । उनले भ्रमण… पुरा पढौ

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

नुवाकोटको विदुर नगरपालिकाका ३७ वर्षीय बाबुलाई आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया छोरीलाई शुक्रबार राति ३७ बलात्कार गरेको आरोपमा हाडनाता करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिराले मातेका आरोपितले यही साउन १७ गते बिहानको २ः०० बजे बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले यही साउन १९ गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राजेश… पुरा पढौ

देशभरका कोइराला वन्धु पोखरामा, घोषणापत्र जारी

देशभरका कोइरालाहरू पोखरामा भेला भए । महर्षि मुद्गल प्रतिष्ठानको तेस्रो नियमित बैठकमा कोइरालाहरू पोखरामा भेला भएका हुन् । भेलामा १ सय ५४ जना सहभागी भएका थिए । भेलाले पोखरा घोषणापत्र समेत जारी गरेको छ । भेलाले संस्थाको यसअघि ५६ जना मात्र संरक्षक सदस्य रहेकोमा अब १ सय जना संरक्षक सदस्य पुर्याउने निर्णय गरेको छ । संस्थाको संरक्षक सदस्यता लिने कोइराला बन्धुले २५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसैगरी भेलाले प्रादेशिक… पुरा पढौ

अली मियाँ प्रतिष्ठानमा हनिफकै नेतृत्व

अली मियाँ लोक वाङ्मय प्रतिष्ठानको साधारणसभा एवं अधिवेशनले फेरि हनिफ मियाँकै अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । समितिमा उपाध्यक्ष हरिदेवी कोइराला, सचिव पद्यराज ढकाल, कोषाध्यक्ष फडिन्द्र अकिञ्चन र सहसचिव धर्मराज पौडेल अल्पायु छन् । १३ सदस्यीय समितिका सदस्यमा मेनकाजी गुरुङ, सरिता गायक, लोकचन्द्र खनाल, पद्मराज उदासी, कृष्णप्रसाद गौतम, बालकाशी गुरुङ, रवीन्द्र माकाजू र फजल मियाँ छन् । कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले अली मियाँ पोखराकै परिचय भएको… पुरा पढौ

इनरह्वील मिट टाउन र पोखराको संयुक्त पदस्थापन

इनरह्वील क्लब अफ पोखरा मिट टाउन र इनरह्वील क्लब अफ पोखराको १० औं पदस्थापना संयुक्त रुपमा भएको छ । वर्ष २०१८/२०१९ का मिट टाउनका अध्यक्ष सावित्री नेपालीले वर्ष २०१९/२०२० का अध्यक्ष सावित्री थापा मुक्तानलाई र पोखराका क्लबका सञ्जु द्वाले रेखा मर्सानीलाई अध्यक्षको पद संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । इनरह्वील क्लब अफ पोखरा मिट टाउनको नयाँ कार्यसमितिको आएपीपीमा सावित्री नेपाली, उपाध्यक्षमा विजयलक्ष्मी बतास, सचिवमा माधवी बाँस्तोला, कोषाध्यक्षमा निर्मला थापा गिरी, आइएसओमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं