ताजा समाचार

श्रावण २१ गते २०७६

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

नुवाकोटको विदुर नगरपालिकाका ३७ वर्षीय बाबुलाई आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया छोरीलाई शुक्रबार राति ३७ बलात्कार गरेको आरोपमा हाडनाता करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिराले मातेका आरोपितले यही साउन १७ गते बिहानको २ः०० बजे बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले यही साउन १९ गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।