समाज

महानगरका कर्मचारी बालिका बलात्कारको आरोपमा प्रक्राउ

 काठमाडौँमा ११ बर्षीया बालिका बलात्कृत भएकीछिन् । बालिका बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिकाका एक कर्मचारी प्रक्राउ पनि परेका छन् । प्रक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१७ बस्ने ५२ वर्षीय कुचीकार प्रमुख बाबुराजा पुजारी रहेका छन् । बालिकाले आफनी आमालाई पुजारीले बलात्कार गरेको घटना बताएपछि पीडित बालिकाको परिवारले पुजारीबिरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन् । परिवारको उजुरीलगत्तै पुजारीलाई प्रक्राउ पनि गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पुरा पढौ

तिब्बतीलाई छोरी बनाएर नागरिकता दिने पक्राउ

झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना पक्राउ परेका छन् । तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता दिलाउने पोखरा–१८ सराङकोटका लेखबहादुर थापा, नागरिकता लिने दुई युवती र साक्षी बसेका ५ जनालाई प्रहरीले पक्रेको हो । थापाले तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर सनाखत गरी नागरिकता लिएको प्रशासनले जनाएको छ । तिब्बती बाबु र नेपाली आमाबाट जन्मिएका दुई जनाले नागरिकता लिएका थिए । सरु थापामगर र तासी… पुरा पढौ

चक्कु प्रहार गरी श्रीमानको हत्या

काठमाडौंको गोकर्णेश्वरमा चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा २५ वर्षकी शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गरेको प्रहरीको भनाइ छ । चक्कु प्रहारबाट घाइते भएका… पुरा पढौ

सम्झौता जारी जागृति समूहको अध्यक्षमा जानुका गौतम

पोखरा ८ र ९ स्थित सम्झौता नारी जागृति समूहको अध्यक्षमा पुनः जानुका गौतम चयन भएकी छन् । गौतम समूहको तेस्रो अधिवेशन तथा १७ औं साधारणसभाबाट अध्यक्षमा पुनः चयन भएकी हुन् । अध्यक्षमा निर्वाचित भएपछि उनले समूहलाई थप सक्रिय बनाउने, टोलको सरसफाई र विकासमा विशेष ध्यान दिने प्रतिवद्धता जनाइन् । उनले आफ्नो योजना अनुसार काम गर्न टोलवासी र समूहमा आवद्ध सदस्यको भूमिका र सहयोग महत्वपूर्ण हुने बताइन् । समूहको प्रथम उपाध्यक्षमा… पुरा पढौ

वुद्ध विशाल बजार व्यापारिक एसोसिएनमा खत्री

वुद्ध विशाल बजार व्यापारिक एसोसिएनको नेतृत्वमा पुन: केशवबहादुर खत्री चयन भएका छन् । शनिबार सम्पन्न २१औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनल खत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । पुरानै कार्यसमितिलाई अधिवेशनले निरन्तरता दिएको अध्यक्ष खत्रीले जानकारी दिए ।उपाध्यक्षमा शिव शर्मा, महासचिवमा ईन्द्रराज अर्याल, सचिवमा बुद्धिबहादुर कुँवर, कोषाध्यक्षमा राजु केसी पुन चयन भएका छन् । सदस्यहरुमा गोविन्दप्रसाद दाहाल, प्रविण महाजन, लक्ष्मण आचार्य, टेकनाथ पौडेल, शान्ति आचार्य, थमनसिंह गुरुङ चयन… पुरा पढौ

माइतीबाट फर्केकी महिला नदीमा हाम फालिन्

सुनकोसी नदीमा हामफाल्दा एक महिलाको मृत्यु भएको छ। काभ्रे पाँचखाल नगरपालीका १० का ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोसी नदीमा हाम्फालेपछि डुबेर मृत्यु भएको हो। सरस्वतीले सिन्धुलीको सुनकोसी गाउँपालीका–१ कुशेश्वर मन्दिर नजिक सुनकोसी नदीमा हाम फालेकी थिइन् । सुनकोसी गाउँपालीका–६ खहरे दोभानमा सरस्वती मृत अवस्थामा भेटिएकी छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पुरा पढौ

रामकृष्णटोल मिसाः पुचः को धूप तथा जजंका बनाउने तालिम

रामकृष्णटोल मिसाः पुचःले बाटोको धूप तथा जजंका बनाउने तालिम आयोजना गर्यो । तालिममा संस्थामा आवद्ध करिब ५० जना महिला सहभागी थिए । तालिममा नेवारी भाषा विज्ञ उदयबहादुर अमात्यले नेवारी संस्कार र संस्कृति जगेर्ना र विकासमा सबै लाग्नुपर्नेमा जोड दिए । उनले तालिममा सिकेका कुरा व्यवहारमा उतारी महिलाहरू आत्मनिर्भर हुनुपर्ने खाँचो औंल्याए । कार्यक्रममा बगालेटोल मिसाः पुचःका अध्यक्ष शान्ता श्रेष्ठ, गणेशटोल मिसा पुचःका अध्यक्ष बुद्धलक्ष्मी मुल्मी लगायतले बोलेका थिए । संस्थाकी… पुरा पढौ

सफल एग्रो उत्पादन तथा प्याकेजिङ उद्योग शुभारम्भ

पोखरा महानगरपालिका वडा नं. ५, पर्स्याङमा महिलाहरद्धारा सञ्चालित सफल एग्रो उत्पादन तथा प्याकेजिङ विक्री केन्द्र शुभारम्भ भएको छ । पोखरा महानगरले सञ्चालन गरेको उपमेयरसंग महिला विकास कार्यक्रमको सहयोगमा पोखरा–५ स्थित सफल महिला विकास केन्द्रले उक्त उद्योग सञ्चालन गरेको हो । २०७४ सालमा स्थापित उक्त उद्योगमा हाल १ सय २० जना महिला आवद्ध छन् । पोखरा महानगरको ४ लाख र समूहमा आवद्ध सदस्यबाट संकलित ६ लाख गरी १० लाख रुपैयाँको पुँजी… पुरा पढौ

कैलाश चौतारी लायन्सको बुटिक तालिम तथा वृक्षरोपण

लायन्स क्लव अफ पोखरा कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले तालिमको उद्घाटन गरे । उक्त अवसरमा आचार्यले महिलाको स्वरोजगारका लागि तालिम महत्वपूर्ण हुने बताए । पोखरा–१६ का वडाध्यक्ष जीवन आचार्यले तालिमका लागि मात्रै तालिन नलिन आग्रह गर्दै यसलाई व्यवहारमा लागू गर्न सक्ने गरि सिक्न आग्रह गरे । क्लवका अध्यक्ष तुलबहादुर थापाको… पुरा पढौ

समृद्धि लायन्सको स्वास्थ्य सचेतना

लायन्स क्लव अफ पोखरा समृद्धिद्वारा स्थापना सचेतना एवं सीप विकास तालिमको शुभारम्भ गरेको छ । स्थानीय महिलालाई सुगर, ग्याष्ट्रिक, थाइराइड सम्बन्धी डा. युक्तनारायण रेग्मीले सचेतना सहित आवश्यक परामर्श गराएका थिए । सीप विकास अन्तर्गत बुटिक तालिमको शुभारम्भ लायन्स क्लव ३२५ बी १ गभर्नर इन्दु लम्सालले गर्दै सामाजिक कार्यसँगै महिला नेतृत्व, क्षमता सचेतनामा सम्पूर्ण क्लव लाग्नुपर्ने बताइन् । क्लवका अध्यक्ष राधिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर विश्वश्वर आचार्य,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं