ताजा समाचार

श्रावण २५ गते २०७६

रामकृष्णटोल मिसाः पुचः को धूप तथा जजंका बनाउने तालिम

रामकृष्णटोल मिसाः पुचःले बाटोको धूप तथा जजंका बनाउने तालिम आयोजना गर्यो । तालिममा संस्थामा आवद्ध करिब ५० जना महिला सहभागी थिए ।

तालिममा नेवारी भाषा विज्ञ उदयबहादुर अमात्यले नेवारी संस्कार र संस्कृति जगेर्ना र विकासमा सबै लाग्नुपर्नेमा जोड दिए । उनले तालिममा सिकेका कुरा व्यवहारमा उतारी महिलाहरू आत्मनिर्भर हुनुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा बगालेटोल मिसाः पुचःका अध्यक्ष शान्ता श्रेष्ठ, गणेशटोल मिसा पुचःका अध्यक्ष बुद्धलक्ष्मी मुल्मी लगायतले बोलेका थिए ।

संस्थाकी अध्यक्ष भवानी माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार पार्वती माकाजू, उपाध्यक्ष मिना लिगल, सचिव रेनु लिगलले पनि बोलेका थिए ।